काठमाडौं । ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाले, महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ कार्यान्वयनमा ल्याएको छ ।

हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पु¥याउन महिला सञ्जाल गठन गरिएको हो ।’ छलफलका क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘सञ्जालले मेलमिलाप गराएका वा मेलमिलाप गराउन प्रयास गरिएका तर मेलमिलाप नभएका फाइल तत्काल केन्द्रमा पठाउनु । वडामा फाइल अड्कियो भने पीडितलाई झन् पीडा थपिन्छ । पीडकलाई सहयोग पुग्छ । न्याय बोझिलो हुन्छ । हामीले हाम्रा प्रक्रिया र आचरणलाई यस्तो बनाउनु हुँदैन ।’

हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । काठमाडौँका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरु आउने गरेका छन् । उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !