काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाडाँपारिको खानीखोला गाउँपालिकामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र तालढुङ्गा स्वास्थ्य केन्द्रमा खानीखोला गाउँपालिकाको समन्वयमा, ग्रेस नेपालको आयोजनामा र काठमाडौं मेडिकल कजेल, शिक्षण अस्पताल सिनामङ्गलको प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ३९१ जना लाभान्वित भएका छन् । जिल्लाकै बिकट गाउँपालिका आर्थिक रूपमा न्यून रहेकोले यस शिविरमा विभिन्न रोगहरुको पहिचान तथा परामर्श चेक जाँच गरि १६ वटा रोगहरुको निशुल्क औषधि बितरण गरेका थिए ।

शिविरमा जनरल मेडिसिन, प्रजनन तथा स्त्रीरोग, बाल रोग, शल्यक्रिया, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त रोग, ईसिजी सेवा, भिडियो एक्सरेको सेवा तालढुङ्गा स्वास्थ्य इकाईबाट सेवा दिएको थियो । साथै शिविरमा जँचाउन आएका बिरामीहरुलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल नै रोजेमा थप सेवाहरु OT संम्बन्धित Diagnosis , बेड चार्ज लगायत अन्यमा २५ प्रतिशत सम्म सहुलियत दिने आयोजकले जनाए ।

गाउँपालिका सातै वडालाई सेवा दिने हेतुले गाउँपालिकाको समन्वय ग्रेस नेपालको आयोजनामा काठमाडौ मेडिकल कलेजको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोमा आयोजक टिम प्राबिधिक सहयोग गर्ने संघ संस्थाहरुलाई गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ्ले धन्यवाद व्यक्त गरेका थिए । ग्रेस नेपालको अध्यक्ष राज कुमार थापाको अध्यक्षता संचालन भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा वडा नः५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए ।

एक दिने निःशुल्क स्वास्थ्य शिविर उदघाट्न सत्रक ग्रेस नेपालको अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, समाजसेवी मिना पाख्रीन, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !