• अशोक बुद्ध लामा

बनेपा‐काभ्रेपलाञ्चोक बनेपा स्थित बनेपा फेसियल हाउसले हालै तेस्रो वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवको अवसरमा ३ जना प्रशिक्षार्थीलाई सम्मान र १६ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

बनेपा फेसियल हाउसमा कोर्स लिने विद्यार्थीहरुमध्ये जेहेन्दार विद्यार्थीको रुपमा सुरेश वुढाथोकि,अस्मिता कर्मचार्य र सजनी लामालाई “स्टुडेन्ट अफ द इयर” पदवीद्वारा सम्मानित गरिएको हो ।

चौथो बर्षको प्रवेशसँगै हाउसले विभिन्न छुट अफरहरु ल्याएको प्रबन्धक मिना लामाले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत छुट अफर साथै व्युटिसियन कोर्षहरुमा पनि विशेष छुटको व्यवस्था रहेकोे छ ।

फेसियल हाउसले यसबीचमा सयौ ब्यक्तिलाई ब्युटिसियन बनाउन सफल भएको प्रबन्धक लामाले बताउनुभयो ।

‘शुरुमा बनेपामा पार्लर चल्छ जस्तो लागेको थिएन लगानी गर्न डराएकी थिएँ तर शुरुको बर्षदेखि नै राम्रो आम्दानी भएकोमा खुसी छु ।’ प्रबन्धक लामाले भन्नुभयो ।

महिलाहरु स्वरोजगार र आत्मनिर्भर हुन सीप सिकेर आय आर्जनमा लाग्नुपर्ने र आय आर्जनको उत्तम क्षेत्र व्युटिसियन हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !