बनेपा‐पत्रकार महासंघ काभ्रेपलाञ्चोकको अध्यक्षमा विनोद कुमार न्यौपाने र महिला उपाध्यक्षमा सम्झना गौतमसहित १२ पदमा सर्वसम्मत भएको छ । जिल्ला महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार मनोनयन दर्ताको क्रममा अरु दावी गर्ने नपरेपछि न्यौपाने र गौतम सर्वसम्मत हुनुभएको हो ।
निर्वाचन समितिले तोकेको समयमा अध्यक्षका लागि न्यौपाने र उपाध्यक्षको लागि गौतमको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले स्पष्ट पारेको छ । न्यौपाने पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष र गौतम निवर्तमान सदस्य हुनुहुन्छ ।
कार्यसमिति आदीवासी जनजाती सदस्यमा चमारसिं लामा(शिशिर दोङ), महिला सदस्यमा सविता न्यौपाने पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
महासंघ काभ्रेको कार्यसमिति सदस्यमा २ जना, प्रदेश परिषद् सदस्यमा ६ जना र केन्द्रिय परिषद् सदस्यमा २ जना पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रिय परिषद सदस्यका लागि महिला तर्फ सम्झना हुमागाँई र समावेशीमा रामचन्द्र दनुवार तथा प्रदेश परिषद सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ पनि निर्बिरोध निर्वाचित हुनुभएको छ ।
यद्यपी निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा भने गर्न बाँकी रहेको छ ।
केन्द्रिय परिषद सदस्यमा खुल्लातर्फ भने प्रतिस्पर्धा वा सर्वसम्मतिको प्रयास हुने जनाईएको छ । निर्वाचन समितिका अनुसार यसमा सरोज कुँईकेल, प्रदीप केसी, प्रल्हाद शर्मा हुमागाँई, रमेशप्रसाद न्यौपानेको उम्मेद्वारी परेको छ ।
केन्द्रिय परिषद सदस्यमा खुल्लातर्फ भने प्रतिस्पर्धा वा सर्वसम्मतिको प्रयास हुने देखिएको छ । यसमा सरोज कुँईकेल, प्रदीप केसी, प्रल्हाद शर्मा हुमागाँई, रमेशप्रसाद न्यौपानेको उम्मेद्वारी परेको छ ।
पत्रकार महासंघ काभ्रेको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौताारीेको साझा उम्मेदवार कपिल कोइराला र प्रेस सेन्टरबाट रामकृष्ण बन्जाराको उम्मेदवारी परेको छ । यस्तै सचिवमा प्रेस युनियनबाट नगेन्द्र अधिकारी र शुभराज अधिकारीको उम्मेदवारी परेको छ ।
सह–सचिव (खुल्ला) तर्फ प्रेस युनियन र प्रेस चौचारीको साझा उम्मेदवार देवराज केसी र पे्रस सेन्टरबाट रोजन तामाङको उम्मेदवारी रहेको छ ।
सह–सचिव (समावेशी) मा भने प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार निरञ्जुल कायस्थ र प्रेस सेन्टरबाट सुरज श्रेष्ठको उम्मेदवारी परेको छ ।
चौतारी र युनियनबीचको सहमति अनुसार प्रेस चौतारीको भागमा परेको कोषाध्यक्ष पदमा प्रेस चौतारीका केशवराज पौडेल र युनियनका शिखर चिमौरीयाको उम्मेद्वारी परेको छ ।
सदस्यमा ४ सिटका लागि ९ जनाको उम्मेदवारी परेको छ । सदस्यमा मोहन कृष्ण तिमल्सिना, पुरुषोत्तम ढकाल, ज्ञानमणी नेपाल, प्रकाश दाहाल, शिव प्रसाद पन्त, रन्जित बोहरा, विकास तिमल्सिना, शरणप्रसाद हुमागाँई र रोशन तिमल्सिनाले उम्मेदवारी दिनुभएको हो ।
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको थियो । काभ्रेमा अध्यक्ष, उपाध्यक्ष –महिला) र कोषाध्यक्ष प्रेस चौतारीको भागमा परेको छ ।
यस्तै उपाध्यक्ष(खुल्ला), सचिव, सह–सचिव खुल्ला र सहसचिव समावेशी प्रेस युनियनको भागमा परेको छ । सर्वसम्मत भएका बाहेकका पदहरुमा पनि सर्वसम्मतिको प्रयास भइरहेको स्रोतले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार विहान ८ः३० सम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । सर्वसम्मत नभएका पदहरुमा २८ गते शुक्रबार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिनाको संयोजकत्वमा पूर्वअध्यक्ष महेशराज पौडेल, महेश कुवँर सदस्य रहेको निर्वाचन समितिले पत्रकार महासंघ काभ्रेको निर्वाचनको जिम्मेवारी पाएको छ ।