काठमाडौं–किराँत राई बान्तवा मुकारुङ (किराबामु) संघले आफ्ना अग्रज किराँत केशरी स्व. परसु राम बान्तवा मुकारुङ राई (जेठा राई) को १३१ औं जन्म जगन्ती मनाएका छन् ।

कोटेश्वरस्थित किराँत राई यायोक्खाको सुम्निमा हलमा असोज १५ गते मंगलबार भव्य रुपमा जन्म जयन्ती कार्यक्रम आयोजना गरिएको हो ।

संघकी सल्लहाकार श्रीमती प्रेम कुमारी एवैमा मुकारुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि श्रीमती बिष्णु देबी बान्तवा मुकारुङमा राई र बिशेष अतिथिमा श्रीमती ईन्द्र कुमारी मुकारुङमा रुङमाहाङ राई, राष्ट्रिय सभा सदस्य माननिय जयन्ती रुछेनबुङमा राई, प्राध्यापक पृथ्वी राज मुकारुङ राई, पर्यटन ब्यवसायी राजेन्द्र बान्तवा, प्राज्ञ बुलु मुकारुङ राई, बुद्धिजीवि दिलेन्द्र मुकारुङ राई, आँखा बिशेषज्ञ नबिन कुमार रुङमाहाङ राई लगायत उपस्थित सबैले किराँत केशरी जेठा राईको तस्बिरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा सहभागि प्रमुख अतिथि, अतिथि, प्राज्ञ एवं बुद्धिजीवि, अभियन्ताहरुले जेठा राई प्रति भावपूर्ण श्रद्दान्जली प्रकट गर्दै जेठा राईले आफ्नो गाँउका लागी सामाजिक, आर्थिक, शैक्षिक लगायत बिभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानहरुको स्मरण गर्दै मुक्तकण्ठले प्रशंसा समेत गर्नु भएको थियो । साथै उहाँका नाममा भरखरै स्थापित फाउण्डेसनलाई प्रभावकारी तवरले अगाडि बढाउन आवश्यक सुझावहरु दिनुभयो ।

सल्लहाकार रुद्र किराँत मुकारुङ राईको स्वागत मन्तब्यबाट कार्यक्रम प्रारंभ भएको कार्यक्रममा संघको बर्तमान गतिविधि र भावी योजनाका बिषयमा संघका केन्द्रिय अध्यक्ष कर्णेल गंगाराज मुकारूङ राईले जानकारी गराउनु भएको थियो ।

भरखरै दर्ता गरिएको ‘जेठा राई परसु राम मुकारुङ फाउण्डेसन’ को बारेमा फाउन्डेसनका संस्थापक अध्यक्ष हरिबंश किराँत मुकारुङ राईले फाउण्डेसन स्थापनाको उद्देश्य, लक्ष्य र भाबी योजना, सदस्य तिर्थराज मुकारुङ राईले संग्रहालय स्थापनाको अवधारणा र कोषाध्यक्ष पुरन्जन मुकारुङ राईले कोष ब्यबस्थापन सम्बन्धि आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।

माझ किराँतको धियाङ बाखा (हालको भोजपुर जिल्लाको टेम्के मैयूङ गा पा ३, अन्नपूर्ण दिल्पा गाँउ) मा बुबा बलिमान मुकारुङ राई र आमा कृष्ण कला खेडयुङमा राईको जेठो सन्तानको रुपमा जन्मेका जेठा राईको बि.सं. २०५० असार २२ गते मंगलबारका दिन सोहि ठाँउमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !