काठमाडौं–गत असोज १० देखि १२ गतेसम्मको अव्लि वर्षासंगैको बाढी, पहिरो तथा डुबानका कारण क्षति बेहोरेका ७१ स्थानीय तहलाई सरकारले तत्काल राहत रकम उपलब्ध गराइदै छ ।
सिंहदरबारस्थित विपद् प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७ औं बैठकले राहत रकम निकासा गर्ने निर्णय गरेको हो ।
प्रभावित स्थानीय तहलाई तीन भागमा वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रभावित तहलाई तीन भागका वर्गीकरण गरी राहत रकम स्वरुप पालिकालाई रु ५० लाखदेखि १ करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको छ ।
दीर्घकालका लागि पुनर्निर्माण र पुनस्र्थापना गर्न उल्लिखित विपद्का कारण भएको सम्पूर्ण क्षतिको विस्तृत क्षति आंकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनर्निर्माण र पुनस्र्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने र सो कार्यको लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको अधिकारीले बताउनुभयो ।