
काठमाडौं–दशैं मनाउन लाखौं यात्रु काठमाडौं बाहिरिहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रुले उपत्यका छाडिसकेका छन् । काठमाडौंबाट थान्कोट, दक्षिणकाली चोभार, काभ्रेको साँगा लगायतका नाकाहरुबाट यात्रुहरु बाहिरिएका हुन् ।
बाढी पहिरोले अवरुद्ध भएको केहि सडकहरु खुलाउन नसक्दा अनुमान गरे अनुसार गाउँघर जान सकिरहेका छैनन् । यस वर्षको दशैंमा १५ देखि १८ लाख यात्रु काठमाडौं उपत्यका बाहिरिने अनुमान गरिएपनि यस वर्ष १० लाखको हाराहारीमा मात्र बाहिरिने अनुमान गरिएको छ ।
सडक राम्रो नभएकोले सर्वसाधारणले कठिन यात्रा गरिरहेको उल्लेख गर्दै महासङ्घका अध्यक्ष विजय स्वारले उपत्यका बाहिर घर हुनेले धेरैले पनि यस वर्ष काठमाडौमै दसैं मनाईरहेका छन् ।
बाटो जोखिमपूर्ण भएको, कतै सडक नै नखुलेपछि महंगो भाडा तिरेर कयौँ यात्रु हवाईयात्राबाट गन्तव्यतर्फ पुगिरहेका छन् ।