फोटो : कपिल कोइराला

काठमाडौं– काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोकका पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

बाढी पहिरो प्रभावित यि ३ वटा स्थानीय तहलाई राहत र पुनःस्थापनाका लागि शुक्रबार उक्त सहयोग गर्ने घोषणा गरेको हो ।

महानगर विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकाको कोषमा सहयोग रकम उपलब्ध गरिने महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले स्पष्ट पारेको छ ।

एक साता अगाडि अविरल वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धारसँगै अहिले राहत वितरणका कार्य भइरहेको छ । यसका साथै अवरुद्ध भएको सडक खुलाउने, खानेपानीको समस्या समाधान, स्वास्थ्य सेवा, विद्युत र सञ्चार सम्पर्क लगायतका कार्य धमाधम भइरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !