काठमाडौं–मम्स् इन्टरनेशनल नेपालको निर्माणमा तयार भएको अमिर दोङ, रञ्जिता ब्लोन लामा, सुश्मा मोक्तान लगायतको मुख्य अभिनय रहेको तामाङ चलचित्र ‘म्हारमेन्’ प्रदर्शनको तयारी भएको छ ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार नायिका रञ्जिता ब्लोन लामाको निर्माणमा अजय स्याङतान निर्देशित चलचित्र यहि असोज १९ गते दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा पहिलो र विशेष प्रदर्शन गर्ने मिति तय भएको हो ।
नायिका तथा निर्माता लामाका अनुसार तामाङ मौलिक परिवेशको कथा उधिनिएको ,संस्कृति,भेषभुषा तथा भाषा प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको चलचित्र छायांकन भएको लामो समयपछि दर्शकमाझ आउन लागेको हो ।
रिन्छेन घिसिङको प्रस्तुती चलचित्र ‘म्हारमेन्’ को कार्यकारी निर्माता सुनी लामा र विनोद लामा हुनुहुन्छ ।
एसोशियट निर्देशकको भुमिका बद्री थिङले निर्वाह गर्नुभएको चलचित्रको कथा लोखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनको हो भने कथा परिकल्पना स्वयं रञ्जिताकै हो ।
डम्फू मिडियाको पोष्ट प्रोडक्सन म्हारमेन्मा विक्रम लामाको छायांकन, राजु तामाङको द्धन्द, विशाल काल्तानको संगीत रहेको छ ।
चलचित्रमा अमिर दोङ, रञ्जिता ब्लोन लामा, सुश्मा मोक्तान, कुईसाङ रुम्बा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको निर्माण टिमले जनाएको छ ।