धुलिखेल–काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेल जरणडाँडामा निर्माण गरिएको काँग्रेस संस्थापक नेता, नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री जन नायक स्व. विश्वेश्वर प्रसाद कोईरालाको शालिक अनावरण गरिएको छ ।

१५ लाख रुपैयाँ खर्च गरि ढलौटबाट निर्माण गरिएको शालिक शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अनावरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभापति देउबाले विपिको विचार ,सिद्धान्त अनुसार नै देशले विकासको गति लिदै गरेको भन्दै निराश हुन आवश्यक नरहेको बताउनुभयो ।

काँग्रेस एमाले गठबन्धनले पनि थप आशा जगाएको उहाँको धारणा छ । मुलुकको परिवर्तनमा सँग सँगै सहकार्य गर्दै आएको दुई शक्तिहरुको सहकार्य देशकै भलाईको लागि हुने उल्लेख गर्दै देउवाले यसबाट धेरै खुसी रहेको दाबी गर्नुभयो ।

?????????????????????????????????????????????????????????

उहाँले भन्नुभयो,‘प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्यो ।’

जुन उदेश्यले गठबन्धन बन्यो, त्यसमा आवश्यक छलफल, बहसबाट निर्णयमा पुगिने, त्यसले देश र जनताको भावनालाई सम्मान मिल्ने पूर्वप्रधानमन्त्री देउवाको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय महामन्त्री शशांक कोईराला, केन्द्रिय सदस्यहरु मोहन बहादुर बस्नेत, शिव हुमागाईं, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तिर्थ लामा लागयतका नेताहरुले विपि महामानव विचारकै कारण भएको जनाउँदै देश निर्माणको नेतृत्व गर्न सक्ने क्षमता काँग्रेससँग रहेको र त्यो जिम्मेवारीका लागि सबै एक ठाउँमा उभिन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व महामन्त्री कोईरालाले काँग्रेसको युवा शक्तिलाई चिन्न ढिलाई भएको औंल्याउनुभयो । काँग्रेस आफैं आफ्नो खुट्टमा उभिन सक्ने तागत भएको शक्ति भएको उल्लेख गर्दै उहाँले देश बनाउने, केहि गर्ने भावना, इच्छाशक्तिका युवा जमातको हुटहुटिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

विपि राजमार्ग छेउमा बनेको यो शालिक अर्थपुर्ण रहेको काँग्रेस काभ्रेका पूर्व सभापति एवं केन्दिय सदस्य हुमागाईंले बताउनुभयो । विपि २ हजार ३ सालमा पूर्व विराटनगरबाट तत्कालिन राज्यबाट पक्राउ परि ओखलढुंगा, रामेछाप, काभ्रेको बाटो हुदै २२ दिन लगाएर राजधानी आइपुग्दा नेपाललाई पूर्वि र तराई भेगसँग जोड्ने सडक मार्गको परिकल्पना गरिएकोमा २०१५ सालमा पहिलो जनपनिर्वाचित प्रधानमन्त्री हुदा शिलान्यास गरिएको, २०५२ मा काँग्रेस नेतृत्वमा बनेको सरकारले पूरा गरेको राजमार्ग छेउमा विपिको शालिक निर्माण हुनु गर्वको कुरा रहेको हुमागाईंको भनाई छ ।

देशमा ठूला ठूला विकास निर्माण काँग्रेस नेतृत्व, काँग्रेसको विचार, नीतिले मात्र सम्भव छ भन्ने सन्देश प्रवाह हुने नेता हुमागाईंको धारणा छ । उहाँले शालिक २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको जनाउँदै ढिलै भएपनि निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जीतकृष्ण श्रेष्ठ संयोजकत्वको निर्माण समितिले शालिक निर्माण गरेको हो ।
शालिक अनावरण कार्यक्रममा जिल्लाका १३ वटै गाउँपालिका क्षेत्रका हजारौं नेता, काँग्रेस कार्यकता एवं जनता सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस !