
काठमाडौं–पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमालेसहितको गठबन्धनबाट एमालेका अध्यक्ष खड्गप्रसाद(केपी) शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभए अनुसार दाबी पेश गर्नुभएका ओली चौथो पटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गर्नुभएकोमा सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित एकाले अध्यक्ष ओलीको दाबी पेस भएको थियो ।
अझै दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म रहेकोले त्यसपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको हो । शपथ भने भोलीका लागि तय भएको बताईएको छ ।
ओली नेकपा एमालेको प्रतिनिधित्व गर्दै पहिलो पटक वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो ।
२०७४ फागुन ३ मा दोस्रो पटक र २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री हुनुहुभएका ओली अब चौथो पटक प्रधानमन्त्री हुनु लाग्नुभएको हो ।