खानीखोला–काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा एकै दिन आइतबार गृहणी महिला सीप मुलक तालिम र कफिमा ‘जसको उत्पादन उसैलाई अनुदान’ वितरण कार्यक्रम सम्पन्न भएको छ ।
१५ दिने तालिम समापन कार्यक्रम तथा अनुदान वितरण कार्यक्रम खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
खानिखोलामा बार्षिक ६६ हजार टन कफि उत्पादन भएको पाइन्छ । बार्षिक कफिबाट रु ४ करोडको आम्दानी भएको देखिन्छ । ‘जसको उत्पादन उसैलाई अनुदान’ यस नारालाई पालिका सरकारले गत वर्षदेखि प्रती केजी कफिमा रु ३५ रुपैयाँ अनुदान दिदै कार्यन्वयन गर्दै आएको छ ।
गत सालको तुलनामा यसपाली तिन गुणाले कफि उत्पादनमा वृद्धि भएको पाइन्छ । गत साल रु ७ लाख वितरण गरेको थियो । यसपालि उन्नाइस कृषक समूह तथा सहकारीमार्फत रु २१ लाख रुपैयाँ कफि अनुदान वितरण गरिएको हो ।
उत्कृष्ट कृषक समूह मध्ये कोदाखोरिया कफि उत्पादन सहकारी संस्थाले १५ हजार ४३४ केजी उत्पादन गरि रु ४ लाख ६३ हजार ०३३ रुपैयाँ अनुदान लिएको छ ।
जागरण नेपालको आयोजनामा खानिखोला गाउँपालिकाको समन्वयमा वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारमुलक कार्यक्रम अनुसार वडा नं. ५ र ६ मा १५ दिने साबुन बनाउने तालिम र वडा नं. ४ मा अचार बनाउने तालिम कार्यक्रम पनि आइतबार नै समापन गरिएको हो ।
महिलाहरुलाई सीप मुलुक तालीम स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार स्थानीय उत्पादन गर्ने उदेश्यले साबुन र अचार बनाउने तालीमसँगै ‘जसको उत्पादन उसैलाई अनुदान’ वितरण तथा कार्यक्रम संन्चालनमा ल्याएको अध्यक्ष थिङले बताउनुभयो ।
सीप सिकेर आत्मनिर्भर रहने गरि सीपको सदुपयोग हुने बताउँदै उहाँले अब केहि परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । स्थानीय उत्पादनका लागि महिलामा जोस जाँगरका साथ अघि बढने विश्वासका साथ उहाँले आत्मनिर्भर भएमा बिदेश जना नपर्ने धारणा राख्नुभयो । साबुन , सरफ , अचार बनाउने तालिमले खानिखोलामा परिवर्तन ल्याउने अध्यक्ष थिङको भनाई छ ।
यो तालीमले खानिखोलाका माहिला तथा कृषक समुहहरुमा उत्साह छाएको छ । स्थानीय उत्पादनका लागि सीपको मुल्यांकन गरी दाता,पालिका सरकारको समन्वय र सहकार्यमा साथ र सहयोग रहने प्रशासकीय अधिकृत जीवन गैरेले बताउनुभयो ।
गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन र अचार बनाउने तालीममा वडा नं. ४ मा अचार बनाउने २५ जना महिला,वडा नं. ५ र ६ गरि ५० जना सहभागी भएका थिए ।
कार्यक्रममा सामाजिक बिकास संयोजक वडा नं.४ अध्यक्ष निशान मोक्तान, पुर्वधार विकास संयोजक वडा नं.५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले पनि मन्तव्य राख्नुभएको थियो ।
समाजसेवी महिला नेतृ मिना पाख्रीन, मनिता थिङ लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रम चण्डिका थापाको सहजिकरण,जागरण नेपालका अध्यक्ष लक्ष्मी पाख्रीनको अध्यक्षतामा सम्पन्न भएको हो ।