• शिशिर दोङ 

काभ्रेपलान्चोक तेमाल २ चुखामा नसर्ने रोग सम्बन्धि १ दिने गोष्ठी शनिबार सम्पन्न भएको छ । सुनकोशी जागरण सामुदायिक सिकाई केन्द्रको आयोजना तथा तेमाल गाउँ पालिकाको समन्वयमा सो गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा ३० वर्ष देखि ५० वर्ष सम्मका ३० जना महिला तथा पुरुषहरूको सहभागी रहेको थियो । नेपालको पछिल्लो तथ्यांक अनुसार ६६ प्रतिशत मानिसहरु नसर्ने रोगका कारण मृत्यु भएको देखाउछ त्यसैले आफुहरुले यो गोष्ठीले समुदायलाई सचेत रहन सहयोग पुग्ने उद्देश्यले  आयोजना गरेको केन्द्रका अध्यक्ष रस्मिता दोङ तामाङले बताउनु भयो ।

गोष्ठीमा सस्थापक अध्यक्ष चमार सिंह लामा “शिशिर” ले वि.स. २०६६ सालमा जिल्ला शिक्षा कार्यलय काभ्रेको सिफारिसमा अनौपचारिक शिक्षा केन्द्र सानो ठिमी भत्तपुरबाट अनुमती प्राप्त यस केन्द्रको क्षेत्र र समुदायमा गर्दै आईरहेको कार्यक्रमको बारेमा जानकारी गराउनु भयो ।

त्यस्तै गोष्ठीका प्रशिक्षक एवं सर्स्युखर्क स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव लाल माया घलान तामाङले नियमित सन्तुलित भोजन नहुनु,अपर्याप्तता शारीरिक अभ्यास,धुम्रपान तथा मद्दपान सेवनका कारणले नसर्ने रोग फैलिने मौका पाईन्छ । यो अवस्थामा सिकाई केन्द्रले यो गोष्ठीको आयोजना गर्नु अति उतम रहेको बताउनु भयो ।

कार्यक्रममा केन्द्रको तर्फबाट सदस्य रोमिना लामाले स्वागत मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा सर्वोद्वार मा.वि.का सहायक प्र.अ.आसमान लामा,सिकाई केन्द्रका सल्लाहकार  प्रेम बहादुर लामा,रक्तकाली प्रा.वि.का शिक्षिका मिना लामा,बालकल्याण प्रा.वि.का प्र.अ.कुमार सिंह लामा,मल्विदेवी प्रा.वि.का शिक्षिका धन कुमारी लामा,निवर्तमान वडा सदस्य डिल्लीमान तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !