
काभ्रेपलाञ्चोक–आदिवासी जनजाति कुलका पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइदैछ ।
यसैक्रममा आफ्नो स्थापना दिवसको अवसरमा फोनिज काभ्रेपलाञ्चोक जिल्ला कमिटिले सोमबार स्टेशनरी तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गर्यो ।
फोनिज जिल्ला शाखाले तीन दृष्टिविहीन परिवारका ५ जना बालबालिकालाई प्रतिव्यक्ति दुई दर्जन कापी, एक थान स्कुल झोला, एक थान इङ्क पेन, एकरएक प्याकेट सिसाकलम, इरेजर र कटर प्रदान गरिएको हो ।
दृष्टिविहीन अभिभावकका बालबालिकाको शिक्षा दिक्षामा राज्यसँगै सामाजिक उत्तरदायित्व अन्र्तगत थोरै शैक्षिक समाग्री सहयोग गरिएको फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरले बताउनुभयो ।
गत बर्ष अनाथ बालबालिकाहरूको लागि शैक्षिक सामग्री वितरण गरेको जानकारी दिदै अध्यक्ष थापाले आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ को भावना तथा मर्म व्यवहारिक रुपमा कार्यन्वयनमा जोड दिदै आफ्नो संगठन, समुदायको मुद्धा र पेशाप्रति थप एकताबद्ध भई लाग्ने सन्देशका साथ विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउने क्रममा काभ्रे शाखाले यस खालको कार्यक्रम आयोजना गरेको अध्यक्ष थापाको भनाई छ ।
कार्यक्रममा दृष्टिविहीन अभिभावक स्वस्तिका थापाले बालबालिका पढाउनको लागि आवश्यक शैक्षिक सामाग्रीमा यसपालीलाई ढुक्क भएको बताउँदै खुसी व्यक्त गर्नुभयो ।
तामाङ, स्वष्तिका तामाङ, आरुष तामाङ, उषा तामाङ, धुलिखेलका ३ का नारायण सिग्देल, इमान सिग्देल र स्मृति सिग्देल सहभागि हुनुभएको थियो ।
फोनिज काभ्रेका उपाध्यक्ष भेषराज दनुवारको स्वागत मन्तव्य र सचिव सनम सुवालको सहजिकरणमा भएको कार्यक्रममा फोनिज बागमती प्रदेशका बिभागीय प्रमुख जगत तामाङ, पूर्व इञ्चार्ज पेमा लामा, प्रेस सेन्टर बागमती प्रदेशका सचिव रोजन तामाङ, फोनिज काभ्रेका सल्लाहकार उजाड रक्तिम, फोनिज बागमती प्रदेशका पूर्व सचिव शिशिर लामा, फोनिज काभ्रेका संस्थापक सदस्य मानकाजी सुवाल, तामाङ पत्रकार संघका सचिव अशोकबुद्ध लामा, तामाङ पत्रकार संघ काभ्रेका पूर्व अध्यक्ष अञ्जली तामाङ लगायतका अतिथिहरु उपस्थित हुनुभएको थियो ।