काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ स्थित बनेपा प्राधिकरण चोक , इलाका प्रहारी कार्यलय अगाडी सुमांगल शान्ति नगरमा यही भाद्र ९ गते देखी तिज बनेपा महोत्सव सुरु हुने भएको छ ।

हिन्दु महिलाहरुको पर्व तिजको अवसरमा महोत्सव हुने सुमांगल शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष दिलिप प्रधानले वताउनु भयो । परम्परागत कला,संस्कृति,औद्योगीक ब्यापार,घरेलु,कृषि,खेलकुद,पर्यटन प्रर्वद्धनका लागी यो महोत्सव गर्न लागेको हो ।

महोत्सवमा दैनिक जीवनमा उपभोग्य सामाग्रीहरु,विभिन्न लत्ताकपडा,खाद्यान्न बस्तुहरु,अटोमोवाइल,हस्तकलाका सामाग्रीहरु,कृषि औजारका सामाग्रीहरु लगाएतका एक सय भन्दा बढी स्टलहरु रहने भएको छ ।

विद्यार्थीका लागी विशेष छुटका साथै वृद्धवृद्धाहरुका लागी निशुल्क प्रवेशको ब्यवस्था समेत गरीने अध्यक्ष  प्रधानले बताउनु भयो  । मनोरञ्जनका लागी विभिन्न खेलहरुका साथै राष्ट्रिय एवं स्थानिय कलाकारहरुको सांगितकि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव भदौ २२ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस !