धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्लाका स्थानीय तहहरु मध्ये सबैभन्दा अगाडि आफ्ना नीति तथा कार्यक्रम र बजेट ल्याए ।
असार ५ गते नगरको पन्ध्रौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोक कुमार व्याञ्जू श्रेष्ठले आगामी वर्षको क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका गर्न १ अर्ब ५ करोड ९५ लाख २५ हजार बजेट विनियोजन गरेको पनि बताउनुभयो ।
नेपाल तथा छिमेकी देशहरुमै राम्रो अस्पताल मानिएको धुलिखेल अस्पताल आफ्नै आँगनमा रहको नगरपालिकाले आगामी वर्षका लागि कस्तो खालको स्वास्थ्य नीति तथा कार्यक्रम कार्यन्वयनमा ल्याउँदैछ त ?
नगर प्रमुख अशोक कुमार व्याञ्जू श्रेष्ठद्धारा नगरसभामा प्रस्तुत स्वास्थ्य नीति तथा कार्यक्रम बुँदागत रुपमा यहाँ उल्लेख गरिएको छ ।
१. धुलिखेल नगरपालिकाको गौरबको नमुना कार्यक्रम ‘स्वास्थ्य शहर धुलिखेल नगर अभियान’ कार्यक्रमलाई साकार तुल्याउन यस अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन संघ तथा प्रदेश सरकारससँग सहकार्य प्रवद्र्धन गरिनेछ ।
२. निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम नगरवासीको सुलभ र सरल पहुँचको व्यबस्थामा थप सुधार गरिनेछ । अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिई सहज आपूर्तिको व्यवस्था मिलाइनेछ ।
३. नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम सबै वडाका प्रत्येक घर परिवारको पहुँचमा पुर्याउन वडा कार्यालयको सहयोग र समन्वयमा विस्तार गरी सबै नागरिकलाई बीमामा आबद्ध गरिने छ ।
४. धुलिखेल अस्पताल तथा विभिन्न सहयोगी संस्थाहरुसंगको सहकार्यमा विशेषज्ञ घुम्ती शिविरहरु सञ्चालन गरिने छन्।
५. करारमा रिक्त रहेका दरवन्दी नियमानुसार परिपूर्ति गरी पद बमोजिमको न्यूनतम् तलब भत्ता सुनिश्चित गर्दै स्वास्थ्यकर्मीको मनोबल उच्च राखिने छ ।
६. युवा तथा किशोर किशोरीहरुको महिनावारी तथा प्रजनन् स्वास्थ्यमा विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
७. नगरपालिका भित्रका गर्भवती महिलाहरुबाट धुलिखेल अस्पताल र Birthing Centre मा बच्चा जन्माएमा मातृ पोषण र नवजात शिशुलाई न्यानो कपडा उपलब्ध गराउने नीतिलाई आगामी आ।व।मा पनि नियमितता दिइने छ ।
८. मानसिक रोग तथा मनोसामाजिक परामर्श कार्यक्रम निरन्तरता तथा प्रभावकारी बनाई घर दैलो सम्म सेवा विस्तार गरिने छ ।
९. महिला समुदायिक स्वास्थ्य स्वंयसेविकाहरुको सेवालाई प्रभावकारी बनाउन प्रोत्साहन स्वरूप प्रदान गरिँदै आएको यातायात खर्च रकम निरन्तर गरिने छ ।
१०. नगरपालिकाबाट सञ्चालित स्वस्थ्य शहर धुलिखेल नगर रेडियो कार्यक्रमलाई आगामी आ.व. मा पनि निरन्तरता दिइनेछ । यसबाट नगर तथा आसपासका ४० ओटा जिल्लामा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु र स्वास्थ्य शिक्षा जनस्तरसम्म पुर्याउनका लागि महत्त्वपूर्ण भूमिका रहनेछ ।
११. नसर्ने रोगको प्रकोपको न्युनीकरणको लागि स्वास्थ्य प्रवद्र्धनात्मक सेवामा विशेष जोड दिइनेछ साथै यसको लागि निदानात्मक सेवा र उपचारात्मक सेवालाई विस्तार गरिनेछ ।
१२. पूर्णखोप सुनिश्चितता बडा तथा नगरको अवस्थालाई कायम गर्दै हरेक वडाहरुमा खोपको अवस्थाको समिक्षा गरी हरेक वर्ष पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिनेछ ।
१३. गुणस्तरीय खोप कार्यलाई व्यवस्थित बनाउन कोल्ड चेन व्यवस्थापनको लागि चाहिने सामाग्री तथा स्थानको व्यवस्थापन गरिनेछ ।
१४. गर्भवती तथा सुत्केरी महिलालाई नेपाल सरकारको नीति अनुरुप स्वास्थ्य संस्थामा गर्भ जाँच गराएमा बडाको समन्वयमा पोषण प्याकेज वितरण गरिनेछ ।
१५.पूर्ण गर्भवती जाँच एवम् पूर्ण संस्थागत सुत्केरी जस्ता अभियानलाई लागू गरिने छ । यसका लागि महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीहरु परिचालन गरिने छ ।
१६. बालबालिका तथा आम नागरिकको पोषण शिक्षा तथा पोषण प्रवद्र्धन कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
१७. पाँच वर्ष मुनिका बच्चाहरुको उपचार व्यवस्था कार्यक्रमलाई प्रभावकारी बनाउन एकिकृत बाल रोग व्यवस्थापन कार्यक्रम प्रभावकारी बनाइने छ ।
१८. गर्भवती सुत्केरी तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता प्रदान गरिने छ ।
१९. स्वास्थ्य आमा समूहलाई सुदृढीकरण गरी प्रभावकारी बनाइने छ ।
२०. समयानुकुल आइपर्ने महामारी तथा विपद् रोकथाम तथा व्यवस्थापन गर्न महामारीको पूर्व तयारी तथा व्यवस्थापनको लागि प्रतिकार्य योजना बनाइ लागू गरिने छ ।
२१. महामारीको पूर्व तयारी तथा व्यवस्थापनको लागि आर आर टि लाई तयारी अवस्थामा राखिने छ । साथै उक्त कार्यलाई आवश्यक औषधि, खोप तथा स्वास्थ्य सम्बन्धी सामाग्रीहरु तयारी हालतमा राखिने छ ।
२२. क्षयरोगमुक्त नगर अभियानलाई प्रभावकारी बनाई नयाँ रोगी पत्ता लगाउनको लागि समय समयमा जोखिम स्थानहरु पहिचान गरी परीक्षण शिविर सञ्चालन गरिनेछ ।
२३. क्षयरोगमा समुदायको सहभागिता सुनिश्चित गर्ने कार्यक्रमहरु गर्न थप बजेट सुनिश्चित गरिने छ ।
२४. स्वास्थ्य संस्थाहरुवाट प्रदान गरिएका सेवाहरुको मासिक प्रतिवेदन तथा समिक्षा बैठकलाई निरन्तरता दिदै प्रभावकारी बनाइने छ ।
२५. स्वास्थ्य संस्थाहरुको कार्य प्रभावकारिता ल्याउन नियमित अनुगमन तथा सुपरीवेक्षण कार्यलाई निरन्तरता दिइने छ ।
२६. स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृध्दिको लागि तालिम तथा कोचिङको कृयाकलाप सञ्चालन गरिने छ ।
२७. स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शिक्षा कर्नरको व्यवस्था तथा किशोर किशोरीहरुसँग स्वास्थ्यकर्मीहरुको अन्तरकृया नियमित गरिनेछ । स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री बनाइने छ ।
२८. माध्यामिक विद्यालय तथा कलेजस्तरमा प्रजनन स्वास्थ्यका विषयहरुको कक्षा स्वास्थ्यकर्मीबाटै सञ्चालन गरिनेछ । यसका लागि स्वास्थ्यकर्मीलाई उत्प्रेरित गरिनेछ ।
२९. स्वास्थ्यका महत्त्वपूर्ण दिवसहरु म।स्वा।से दिवस, एड्स दिवस, विश्व स्वास्थ्य दिवस, क्षयरोग दिवस, धुम्रपान विरुद्दको दिवसलाई अवसरको रुपमा मनाइने छ ।
३०. घर दैलो सेवालाई प्रभावकारी बनाउन तथा दीर्घ रोगीहरु र विशेष अवस्थाका विरामीलाई सेवा प्रदान गर्न नीतिगत व्यवस्था गरी स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिने छ ।
३१ स्वास्थ्य संस्थाहरुको सेवा प्रभावकारी बनाउन मर्मत संभार तथा विद्युत ईन्टरनेट सेवा सुनिश्चित गरी विद्युतीय रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली सुरु गरिने छ ।
३२.जनविश्वास बढिरहेको आयुर्वेद क्षेत्रलाई वडा स्तरमा बिस्तार गर्नको लागि ‘ग्रामिण आयुर्वेद स्वास्थ्य सेवा कार्यक्रम’ मार्फत निरन्तरता दिइने छ ।
३३. नसर्ने रोगहरुको प्रकोप नियन्त्रण गर्न योग सेवाको विस्तार गरिनुका साथै ूूपंचकर्मू सेवा अन्तर्गतका सम्पूर्ण सेवाहरुको विस्तार गरिने छ ।
३४. अत्यावश्यकीय औषधि तथा उपकरण अभाव हुन नदिन सहज आपुर्तिको व्यवस्था मिलाइनुका साथै आयुर्वेद सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई आयुर्वेद पद्धतिबाट गरिने उपचारको बारेमा जानकारी दिन तथा आयुर्वेद पद्धतिबाट रोगको निदान गर्न ‘आयुर्वेद स्वास्थ्य शिविर’ लाई निरन्तरता दिइने छ ।
३५. मातृ शिशु मृत्युदर घटाउन, आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा कुपोषण रोग बाट बचाउन ‘सुत्केरी महिलाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्ध बद्र्धक जडिबुटी तथा अन्य औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिने छ ।
३६. जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवद्र्धन गर्न र दिर्घकालिन रोगहरुको न्युनीकरणका लागि आयुर्वेदका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
३७. आयुर्वेद र जडिबुटी सम्वन्धी जीवन उपयोगी स्वास्थ्य शिक्षा तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
भिडियोसहित :