काठमाडौं–न्युनतम ३७५ बाट तल नझर्ने गरी नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।

भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ । संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

संघले जनाए अनुसार नयाँ समर्थन मूल्य यहि चैत २२ गतेबाट लागू हुनेछ ।

Samachardainik.com

प्रतिक्रिया दिनुहोस !