काठमाडौं–युवा गायक तथ संगीतकार सुशिल तामाङको “सेलोमा डम्फु बज्यो” गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।

पछिल्ला समय तामाङ सेलो गीत संगीतको बजारमा एक पछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल सुशिलको यो गीत पनि दर्शन स्रोताको रोजाईमा परेको देखिन्छ ।

NSSLG OFFICIAL  युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतले ४८ घण्टामा नै झण्डै एक लाख भ्युअर्स कमाउन सफल भएको छ । सुशिल तामाङको शब्द संगीत र लनम तामाङको आवाजमा रहेका गीतहरु बेली चमेली, फोटो लाउले खिचिक्क, तामाङ सेलो ब्याटल लगायतका गीतहरु अहिले पनि उत्तिकै चर्चामा रहेका छन् ।

यो गीतको शब्द संगीत सुशिलकै रहेको छ भने आवाजमा सुशिलको साथमा सुमिना लो को पनि स्वर रहेको छ । सोनिका लामा र ईन्द्र बम्जनको निर्माणमा तयार भएको गीतको भिडियो भने चर्चित छायांकार तथा भिडियो सम्पादक बिक्रम लामाले निर्देशन गर्नुभएको हो ।

भिडियोमा सुशिल तामाङ, लनम तामाङ, राजु सिं तामाङ, रबिन दोङ तामाङ, सोनी लामा र सन्जु दोङको अभिनय रहेको छ भने राजु लामाको नृत्य निर्देशन रहेको छ ।

काभ्रेको रोशी गाउंपालिकामा जन्मेका सुशिल तामाङ गीत संगीतको आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने दौरानमा हुनुहुन्छ । उहाँले निकालेका हरेक गीतहरुमा केही नयांपन र फरक स्वाद पाईन्छ ।

रोशीकै अर्का गायक लनम तामाङ भने सुशिलको जोडिकै रुपमा चिनिन्छ । यि दुवै जनाको सुमधुर आवाजको क्रेज तामाङ समुदायमा निक्कै बढेको देखिन्छ ।

गीत गाउनमा मात्रै नभएर लनम र सुशिलको जोडी सायरी वाचन गर्नमा समेत उत्तिकै पोख्त देखिन्छ । यिनै दुई जनाको आवाजमा वाचन गरिएको सायरीहरुले अहिले पनि सामाजिक संजाल र सिङ्गो डिजिटल प्लेटफर्ममा चर्चा कमाईरहेको छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस !