
काठमाडौं–रसुवा जिल्लाको पर्यटकिय तथा धार्मिक स्थल नागथलीको सुन्दर रमणिय दृश्यहरुमा छायांकन गरिएको तामाङ गीत ‘प्रे’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
रोशन फ्यवाको शब्द तथा संगीत,वाङच्यु फ्युवाको संगीत संयोजनमा चर्चित गायक सुरेश लामा र चर्चित गायिका जितु लोप्चनको तामाङ गीत ‘प्रे’ को म्युजिक भिडियो ल्हाप्साङकार्पो म्युजिक सेन्टरको आधिकारिक च्यानल LMC Digital Media मार्फत सार्वजनिक भएको हो ।
फ्युवा आफैंद्धारा निर्देशित भिडियोमा नायिका युजिला मोक्तान र नायक सोनाम लामाले अभिनय देख्न सकिन्छ ।
युजिला र सोनामको जोडीलाई तामाङ चलचित्र टुमा पनि दर्शकले रुचाएका थिए । टु चलचित्रमा जस्तै यस गीतमा पनि जमेर अभिनय गरेको देखिन्छ ।
यो भिडियो पनि सार्वजनिक भए देखि नै दर्शकहरुको राम्रो प्रतिकृया पाईरहेको निर्माण पक्षले बताएका छन् ।
माया प्रितीको भावमा तयार पारिएको गीतको अडियो पक्ष र भिडियो पनि उत्कृष्ट रहेको स्रोता दर्शकको प्रतिक्रिया आएको उल्लेख गर्दै फ्युवाले यसप्रति सबैमा आभार व्यक्त गर्नुभएको छ ।
भिडियो–हेर्नुहोस्