फोटो : तामाङ दिम

कास्की–महिला नेतृत्व विकासका लागि फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था,पोखराको आयोजनामा “नेतृत्व विकासका लागि सकरात्मक सोच” प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तामाङ बौद्ध सेवा समितिको व्यवस्थापनमा शुक्रबार भएको कार्यक्रमको फ्याफुल्ला विकल्प महिला सहकारीका अध्यक्ष विष्णु योञ्जन तामाङले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा महिलाहरुमा अन्र्तनिहित क्षमताको पस्फुटन कलाबारे ज्ञान आदान प्रदान गरिएको हो । शैक्षिक योग्यता,अन्य सीप र कला भएपनि बोल्ने कला नहुदा पछि परेको,आफूलाई सार्थक महसुस गर्न नकिएका कतिपय उदाहरण रहेको प्रशिक्षक विकास देव योञ्जनले बताउनुभयो ।

‘तपाईको आफ्नो क्षेत्रमा जस्तै डाक्टर, पाइलट, शिक्षक, राजनीति, सामाजिक, धार्मिक जुनसुकै क्षेत्रमा भएता पनि असल नेतृत्वका लागि सकरात्मक सोचका साथ उत्कृष्ट पब्लिक स्पिकिङको ज्ञान हुनु आवश्यक भएको उहाँको भनाई छ । यसबारे आवश्यक ज्ञान सीपको आदानप्रदान गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले प्रशिक्षणमा सहभागि भएपछि अत्यन्तै सकरात्मक उर्जा थपिएको महसुस भएको प्रतिक्रिया दिएका छन् ।
प्रशिक्षणमा सहकारीका शेयर सदस्य साथै तामाङ बौद्ध सेवा समितिका पारिवारिक सदस्यहरु,अन्य संघ संस्थाका सदस्यहरूको पनि बाक्लो उपस्थिती रहेको थियो ।

 

सहकारीका उपाध्यक्ष शान्ती तामाङको स्वागत मन्तव्य,सचिव पवित्रा थोकर तामाङको सहजिकरण,अध्यक्ष विष्णु योञ्जन तामाङको धन्यवाद ज्ञापन सहित प्रशिक्षण कार्यक्रमको समापन गरिएको थियो ।

उद्घाटनका क्रममा भने कार्यक्रममा सल्लाहकार कुम बहादुर योञ्जन तामाङ,राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, तमु प्हे ल्हु संघ केन्द्रिय युवा समितिका पूर्व महासचिव पवित्रा गुरुड, साथै कोको म्हेन्दो साहित्य समाज पोखराका सदस्य मनसुवा स्याङ्बो तामाङले मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !