उपाध्यक्ष थोकरद्धारा बजेट सार्वजनिक गरिने

तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको १३ औं गाउँसभा तथा बजेट अधिवेशनमा प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज) आउनुहुने भएको छ ।

बजेट अधिवेशन अन्र्तगत बजेट सार्वजनिक समारोहको उद्घाटन एवं सम्बोधनका लागि लालध्वज आउने तय भएको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर(डिएम) ले जानकारी दिनुभयो ।

यो आउने बिहीबार बजेट ल्याउन लागेको जनाउँदै उहाँले भन्नुभयो,‘हामीले असार १० गते नीति तथा कार्यक्रम सभामा टेबल गरेर पारित गरिसकेका छौं,त्यहि नीति तथा कार्यक्रम कार्यन्वयनका लागि असार १४ गते बजेट ल्याउँदैछौं,औपचारीक समारोहमा यहि क्षेत्रका माननीय लालध्वजले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।,

उहाँका अनुसार वडा वडामा समेत बजेटको सिलिङ पठाएर,योजना तथा बजेट प्रक्रियागत ढंगबाट निर्माण तथा तर्जुमा भइरहेको छ ।

तेमाल गाउँपालिकाको १३ औं गाउँसभाको शुभारम्भ एव. नीति तथा कार्यक्रम टेबल कार्यक्रम उद्घाटन समारोहलाई भने बागमती प्रदेश सरकार खानेपानी,उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।

तेमालको गाउँसभामा प्रदेश र संघ सरकार एवं प्रतिनिधिसभाका प्रतिनिधिलाई निमन्त्रणा गरेर सम्बोधन गराउनुले तेमालको विकासमा स्थानीय सरकार,प्रदेशसभा तथा सरकार र प्रतिनिधिसभा तथा संघ सरकारबीच नीतिगत एवं बजेट निर्माणमा समन्वय,सहकार्य गर्न खोजेको सन्देश जाने देखिन्छ ।

यसबाट समग्र तेमालवासीले लाभ हाँसील गर्न सकिने बताइएको छ ।

गाउँसभाको १३ औं अधिवेशनको शुरुवाती बन्द शत्रमा आइतबार पालिका अध्यक्ष चन्द्र बहादुर तामाङले आगामी वर्ष केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

त्यहि नीति तथा कार्यक्रममा टेकेर असार १४ गते बिहीबार उपाध्यक्ष दलमान थोकर(डिएम)ले निर्माण गर्नुभएको बजेट सभामा टेबल गर्ने र पारित गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !