काभ्रे–महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय विकास निर्माणमा सक्रिय देखिनुभएको छ । पालिकामा सानादेखि ठूला आयोजनासम्म भित्राउन रणनीतिक रुपमा सफल नेतृत्व मानिएका जिम्बाले हालै एक साथ दुई आयोजनाको उद्घाटन गर्नुभयो ।
जिम्बाले पालिकाको वडा नं. ५ मा स्थानीय चाउढिक आधरभुत स्वास्थ्य केन्द्र र चाउढिक चारकिल्ला बृहत खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष जिम्बाले खानेपानी र स्वास्थ्यको विषयमा आफू संवेदनशील रहेकोले त्यस अनुसारका काममा लागेको बताउनुभयो । उहाँले आगामी दिनमा यो क्षेत्रमा अझ व्यवस्थित योजनाहरु ल्याउने प्रतिवद्धतना जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष जिम्बाको पहलमा बृहत खानेपानी आयोजनाको लागि सङ्घिय ससर्त अनुदान तर्फको २ करोड ८० लाख विनियोजन भएको थियो भने स्वास्थ्य केन्द्र निर्माणको लागि ३८ लाख बजेट विनियोजन गरिएको थियो ।
खानेपानी आयोजनाबाट २ सय २६ घर धुरी लाभान्वित भएको जनाइएको छ ।
वडा अध्यक्ष बिजय राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सागर मोक्तान,प्रमुख प्रसासकीय अधिकृत हरि सिं बिस्ट, माओवादी केन्द्रका पालिका इन्चार्ज तथा निर्माण ब्यबसायी सुजन लामा,पूर्व वडा अध्यक्ष रबिन मोक्तान,माओवादी केन्द्रका जिल्ला नेता कमल मोक्तान लगायतका सहभागी थियो ।