काठमाडौं–असार १ गते बाट प्रदर्शनमा आएको भारतिय चलचित्र आदिपुरुषमा ‘सीता भारतकी छोरी हुन्, भन्ने आपत्तिजनक सन्देश नहटाएको विरोधमा चलचित्र प्रदर्शन नै रोकिएपछि अधिकांश हलहरुले नेपाली कथानक चलचित्र नीरफूललाई स्थान दिने भएको छ ।

काठमाडौं महानगरपलिकाले भारतमा समेत त्यो सन्देश नहटाए काठमाडौंमा कुनै पनि भारतिय चलचित्र प्रदर्शन गर्न रोक लगाउने घोषणा गरेपछि मेयर बालेन शाहको यो कदमको स्वागत गर्दै अन्य स्थानका थुप्रै हलहरुले समेत भारतीय चलचित्र आदिपुरुष प्रदर्शन नगर्ने बरु नीरफूल चलचित्र प्रदर्शनलाई निरन्तरता दिने भएका हुन् ।

फोटो :आदिपुरुष चलचित्रको व्यानर हटाउंदै

‘सोमबारबाट काठमाडौं भरिका सिनेमा हलहरुसंगै हाम्रो शुभकामना सिनेमा हलले पनि आपत्ति जनक सन्देश नहटाएकोमा आदिपुरुस प्रदर्शन नगरिने भएको छ– प्रोपाइटर दुर्गालाल प्रधानले भन्नुभयो,–‘हामीले जेठ २६ बाट प्रदर्शनमा रहेको नेपाली चलचित्र नीरफुललाई नै निरन्तरता दिने भएका छौं ।

आदिपुरुषमा रहेको विवादास्पद सन्देश हटाउन शुरुमा काठमाडौं महानगरका मेयर शाहले तीन दिनको अल्टिमेटम दिनुभएको थियो । नेपालमा सेन्सर गराएपनि भारतमा भने हटाइएन,त्यसपछि शाहले अब कुनै पनि भारतीय चलचित्र काठमाडौं महानगरभित्र प्रदर्शन गर्न नदिने घोषणा समेत गरिसक्नुभएको छ ।

अब शुभकामना हल जस्तै काठमाडौं बाहिरका थुप्रै सिनेमा हलहरुले पनि नीरफूलच चलचित्रलाई नै स्थान दिने भएका छन् । जेठ २६ गतेदेखि ८ दर्जन हलहरुमा प्रदर्शनमा रहेको नीरफूल असार १ गते आदिपुरुष आएपछि शो टाइमा कम पाएको थियो ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलद्धारा अवार्डेट कथामा तयार पारिएको यो चलचित्रको कथालाई धेरै दर्शकले मन पराएको प्रतिक्रिया आइरहेको छ । यो चलचित्रको प्रस्तुतीकरणलाई पनि दर्शकले भिन्न खालेके भनेर राम्रो प्रतिक्रिया दिइरहेका छन् । २ घन्टा आठ मिनटको यो चलचित्र एउटा फरक र मौलिक चलचित्र बनेको दर्शकहरुको भनाई छ ।

प्राकृतिक विपत्तिपश्चात फेमेलि मिसिङको यात्रामा डोहोरिएको चलचित्रले विकृत राजनीतिक प्रवृत्ति,मानव तस्कारी,वेरोजगारी जस्ता समस्यादेखि सिमान्तकृतहरुको आवाज बुलन्द गरेको दर्शकहरुको धारणा छ ।

बरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार फूलमान बलले निर्देशन गरेको नीरफूलमा चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युवा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

रेखा थापा विशेष भुमिका रहेको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा,अशोक थापा,विके श्रेष्ठ लगायत हुनुहन्छ ।

प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।

भिडियो रिपोर्ट

प्रतिक्रिया दिनुहोस !