काठमाडौं–देशभरका सिनेमा हलहरुमा शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘नीरफूल’ले उत्साह थपेको छ । शुरुवाती दिन सालाखाला दर्शक पाएको नीरफूलले शनिबारबाट जम्प नै गरेको छ । दर्शक थपिदोछ । ८ दर्जन हलहरुमध्ये धेरैले शो पनि थपेका छन् । प्राय हलहरुले आफ्ना हलमा दैनिक ३ शो दिएका छन् ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलद्धारा अवार्डेट कथामा तयार पारिएको यो चलचित्रको शो थप भएको यसका वितरक गोविन्द शाहीले जानकारी दिनुभयो । शुक्रबार रिलिज भएका दुई वटा चलचित्रहरुमध्ये नीरफूलले बक्स अफिसमा बाजी मारिरहेको छ । काठमाडौंदखि मोफसलका शहर झापा,पोखरा,चितवन,काभ्रेको बनेपा लगायतका हलहरुमा उत्साहजनक प्रदर्शन भइरहेको छ ।

यो चलचित्रको कथा,छायांकन र प्रस्तुतीकरणलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । २ घन्टा आठ मिनटको यो चलचित्रले लगातार आफुलाई बाँध्न सक्ने एउटा फरक र मौलिक चलचित्र बनेको दर्शकहरुको भनाई छ ।
प्राकृतिक विपत्तिपश्चात फेमेलि मिसिङको यात्रामा डोहोरिएको चलचित्रले विकृत राजनीतिक प्रवृत्ति,मानव तस्कारी,वेरोजगारी जस्ता समस्यादेखि सिमान्तकृतहरुको आवाज बुलन्द गरेको दर्शकहरुको धारणा छ । नेपाली जीवन,मौलिक कथा भएकोले यो चलचित्र सबैले हेर्नुपर्ने उनिहरुको भनाई छ ।

अभिनेता दयाहाङ राईको बहुप्रतिक्षित चलचित्र ‘नीरफूल’ सपरिवार बसेर हेर्न मिल्ने साथै नेपाली अग्र्यानिक चलचित्र मानिन्छ ।

दर्शक प्रतिक्रिया पाएर उत्साहित भएका नायक दयाहाङ राईले आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने बताउनुभयो । बरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार यो चलचित्रका निर्देशक फूलमान बलले आफ्नो सृजनालाई चलचित्रमार्फत प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफ निकै सकारात्मक पाइरहेको बताउनुभयो ।

नीरफूलमा चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युवा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

रेखा थापा विशेष भुमिका रहेको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा,अशोक थापा,विके श्रेष्ठ लगायत हुनुहन्छ ।

प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस !