चलचित्रकर्मी प्रकाश ब्लोनको प्रतिक्रिया 

शुक्रबारदेखि देशभरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र नीरफूलको बारेमा पत्रकार,चलचित्रकर्मी,समक्षिक,अभियन्तादेखि सर्वसाधारणसम्मको सकारात्मक प्रतिक्रियाहरु आइरहेको छ ।

चलचित्रकर्मी प्रकाश ब्लोनले नीरफूललाई राम्रो चलचित्रको रुपमा व्यक्त गर्नुभएको छ । उहाँको प्रतिक्रिया यस्तो छ ।

मनका चाहना एकातिर जिवनको बध्यता अर्कोतिर यहि कारण पारिवारिक दबाबले नायक दयाहाङ राई बिदेश जान्छन् । त्यहि बेला बिनाशकारी भुकम्पले उनको परिवार क्षत बिक्षत हुन पुग्छ । घर र परिवारको अत्यन्तै कठिन परिस्थितिमा पनि घर आउन छुट्टि दिदैन ।

भुकम्पले घर भत्किएर पुरिएको छोरी उपचार गर्न अस्पताल लैजान्छ तर लामो समय कुनै खबर नआएपछि बिक्षिप्त आमा, छोरि खोज्न काठमाण्डौ जान्छिन् तर छोरि भेट्नुत कहाँ हो कहाँ उल्टै पिर तनाबले मानसिक रुपमा कमजोर हुन पुग्छिन् । दुख को यो अबस्थमा उपचार गरीसकेपछि सानो बच्चालाई घर फर्काउन सहयोग गर्नुको सट्टा राज्यको उपल्लो तहमा बस्नेहरुले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोज्छन् ।

प्राकृतिक बिपत्तिको बेलाको दर्दनाक कथा नीरफूलले पस्केको छ । रुबि भ्यालिको सुन्दर दृश्य अनि कलाकरहरुको शसक्त अभिनयले चलचित्र हेर्दा समय सकेको पत्तो नै पाइएन । यो सुन्दर चलचित्रको लागि निर्देशक फूलमान बल सम्मानका मुख्य पात्र हुन् ।

कुनै बेला थियो नेपाली चलचित्र First Day First Show हेरिन्थ्यो । तर अचेल मन भएर पनि समय मिलाउन सकेको छैन । धेरै समय पछि हलमा गएर फिल्म हेरे धेरै राम्रो लाग्यो । तपाइ पनि समय मिलाएर हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !