काठमाडौं–देशभरका सिनेमा हलहरुमा आजदेखि नेपाली कथानक चलचित्र ‘नीरफूल’ प्रदर्शनमा आउँदैछ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलद्धार अवार्डेट तथा प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको यो फिल्म देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको हो ।
यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी स्कृनमा प्रदर्शनी हुने यसका वितरक गोविन्द शाहीले जानकारी दिनुभयो । फिल्मको वितरकमा शाही र मनोज राठी हुनुहुन्छ । हल सञ्चालकहरुले दयाहाङ राइ अभिनित जारीपछि नीरफूल दर्शकको रोजाइमा पर्ने विश्वास व्यक्त गरेका छन् । देशैभर अग्रिम बुकिङ उत्साहजनक रहेको वितरक शाहीले स्पष्ट पार्नुभयो ।
काठमाडौं र काठमाडौं बाहिरका हलहरुमा पनि उत्साह देखिन्छ । हलहरुले एकै दिन दुई देखि तीन वटा शो गर्दैछन् । यसैक्रममा काभ्रेको बनेपास्थित शुभकामना हल र बामेल दुई वटै हलमा लाग्दैछ ।
अभिनेता दयाहाङ राईको बहुप्रतिक्षित चलचित्र ‘नीरफूल’ सपरिवार बसेर हेर्न मिल्ने साथै नेपाली अग्र्यानिक चलचित्रको संज्ञा पाइसकेको छ ।
२ घन्टा आठ मिनटको यो चलचित्रले लगातार आफुलाई बाँध्न सक्ने एउटा फरक र मौलिक चलचित्र बनेको बताइन्छ । यो चलचित्रका स्कृप्ट,छायाँकन र कलाकारको अभिनय निकै ससक्त रहेको विश्लेषण छ ।
शुरुवाती प्रतिक्रिया पाएर उत्साहित भएका नायक दयाहाङ राईले आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने बताउनुभयो । यो चलचित्रले अहिलेको शासन व्यबस्थालाई उजागर गरेको पनि उहाँको भनाई छ । भाषिक हिसाबले आदिबासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि चलचित्रमा प्रस्तुत गरिएको उहाँको धारणा थियो।
बरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार यो चलचित्रका निर्देशक फूलमान बलले आफ्नो सृजनालाई चलचित्रमार्फत प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफको प्रतिक्षामा आफु रहेको बताउनुभयो । नीरफूललाई आफुले मौलिक सिनेमा बनाउन प्रयास गरेको निर्देशक बलको भनाई छ ।
यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी स्कृनमा प्रदर्शनी हुने यसका वितरक गोविन्द शाहीले जानकारी दिनुभयो । सिनेमाको अग्रिम बुकिङ खुला गरिएको छ । यसको अग्रिम बुकिङ पनि राम्रो रहेको वितरक शाहीले बताउनुभयो । फिल्मको वितरकमा शाही र मनोज राठी हुनुहुन्छ । हल सञ्चालकहरुले दयाहाङ राइ अभिनित जारीपछि नीरफूल दर्शकको रोजाइमा पर्ने विश्वास व्यक्त गरेका छन् ।
नीरफूलमा चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युवा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।
रेखा थापा विशेष भुमिका रहेको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।
निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा,अशोक थापा,विके श्रेष्ठ लगायत हुनुहन्छ ।
प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।