
काठमाडौं–तामाङ सेलो संगीतको क्षेत्रमा निकै स्थापित नाम हो विशाल काल्तान र जितु लोप्चन । पछिल्लो दशक अधिकांश स्रोता दर्शकको रोजाईमा पर्ने गीतमा केहि न केहि पाटोमा काल्तान र लोप्चनको नाम जोडिएकै हुन्छ ।
यसैक्रममा केहि दिन अघि सार्वजनिक भएको सिर्जना ‘डम्फुरे दाई’ पनि उहाँहरुको संयुक्त साधनाको समिश्रण हो । यसमा बिशाल काल्तानको शब्द र संगीत रहेको छ भने जितु लोप्चानको सुमधुर स्वर रहेको छ ।
खासमा गायिका लोप्चनले आफ्नो जन्मदिनको अवसरमा नयाँ सांगीतिक कासेली ‘डम्फुरे दाई’ स्रोता दर्शकलाई उपहारको रुपमा पस्किनुभएको हो । लोप्चनको जन्मदिनमा तामाङ गीतसंगीतले एउटा महत्वपूर्ण सिर्जना प्राप्त गरेको छ ।
गीत,संगीत,स्वरमा जस्तै म्युजिक भिडियो पनि निकै मिहेनतका निर्माण गरी स्रोतादर्शकमाझ ल्याइएको छ ।
गीतमार्फत डम्फू,पृथ्वी तथा सृष्टिको उत्पति,तामाङ संस्कृति र सभ्यता अनि प्रेम प्रणयका कथा प्रभावकारी रुपमा व्यक्त गरिएको छ । यिनै भाव कुइसाङ रुम्बा,अनिता नेगी,सुस्मा मोक्तान,हेरुका लामा लगायतका कलाकारहरुले आफ्नो अभिनयबाट शसक्त रुपमा प्रस्तुत गर्नुभएको छ ।
हेरुका लामाको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियो त्रिलोक लामाले छायांकन गर्नुभएको हो भने सम्पादन तथा कलरिङ सूर्य लामाले गर्नुभएको हो बरिष्ठ एरेन्जर फणिन्द्र राईको एरेन्ज,दिपेश प्रधानको मिक्सिङ रहेको गीत पर्पल स्टुडियो नक्सालमा रेकर्ड गरिएको थियो ।
जितु लोप्चन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको यो गीतलाई मौलिक गीतको रुपमा धेरै मिडियाहरुले पनि प्रमोशनका लागि जोड दिइरहेका छन् ।
‘डम्फुरे दाई’ सक्दो मिहेनत गरी ल्याएको दावी गर्दै काल्तान र लोप्चनले स्रोेता दर्शकले माया गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भिडियो यस्तो छ :