
काठमाडौं–गायक जीतबहादुर खड्काले दर्शकस्रोतामाझ नयाँ गीत ‘पुरानो माया’ को म्युजिक भिडियो पस्किनुभएको छ ।
विशेष गरी काँठे लोकलयलाई टिपेर जनजिब्रोमा छपक्कै बस्ने गीत गाउँदै आएका खड्काको यो कोसेली युटुबबाट सार्वजनिक भएको हो ।
मिलन श्रेष्ठले निर्देशन गर्नुभएको हो । भिडियोमा प्रकाश तामाङ ‘राज’, निहारिका थापा, शरण हुँमागाईं र सुनिता कालिकोटेको अभिनय रहेको छ ।
गीतमा गायक खड्कालाई गायिका सोनु सिंहले साथ दिनुभएको छ । गणेश चौलागाईंको शब्दमा गायक खड्का स्वयंको संगीत सुन्न सकिन्छ ।
विष्णु तामाङको एरेन्ज रहेको गीतको भिडियोमा राजाराम सिंखडाको कोरियोग्राफी रहेको छ ।
भिडियो :