काठमाडौं–चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ म्युजिक भिडियो शुक्रबार हाईलाइट्स नेपालले सार्वजानिक गरेको छ ।

मेलिना राई र किरण भुजेलको आवजमा रहेको गीतमा संगीत सुवास भुषालको रहेको छ भने शब्द सन्दिप डांगीको हो ।

नायक पुष्प खड्का र नायीका नम्रता सापकोटाको मुख्य भुमिका रहेको उक्त म्युजिक भिडियोमा ३० जना कोरसको प्रस्तुती रहेको छ ।

डान्सिङ उइथ स्टार नेपाल सेकेण्ड रनरअप तथा बुगीवगी नेपालका टप ९,सुभम् भुजेलको कोरियाग्राफी रहेको उक्त म्युजिक भिडियो ईश्वर सिन्केमनाले छायांकन गर्नुभएको हो ।

भिडियोमा कलर रेनिश फागो अनि सम्पादन भुपेन्द्र अधिकारीको रहेको छ । हाईलाईट्स नेपालको प्रस्तुती रहेको भिडियो जनक तामाङले निर्माण गर्नुभएको हो ।

श्रेष्ठको निर्देशनमा तयार पारिएको ‘लैजाउ माया’ ले पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त निर्देशक श्रेष्ठ चाँडै नयाँ चलचित्रको घोषणा गर्ने तयारीमा समेत हुनुहुन्छ ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !