सामाजिक सञ्जालमार्फत महासचिव शंकर पोखरेलले दिए स्पष्टीकरण
काठमाडौं–गठबन्धन सरकाराको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्षि दल नेकपा एमाले,राप्रपा,रास्वपा लगायतका दलहरु विरोधमा छन् ।
बुधबार साँझ देशभर मसाल जुलुस नै निस्के ।
माओवादी केन्द्र,कांग्रेस लगायतका सत्ताधारी दलहका कतिपयले भने एमालेले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनी प्रशन गरेका छन् । यसमा भ्रम सिर्जना गर्न खोजेको भन्दै एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाउनुभएको छ ।
आफ्नो पार्टीले राखेको असहमतिविरुद्ध प्रतिवाद हुन थालेपछि महासचिव पोखरेलले यसबारे बिहीबार विहान सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभएको छ ।
उहाँका अनुसार वैवाहिक अंगीकृतका सन्दर्भमा भारत र नेपालको बीचमा कम्तीमा समान व्यवस्था राख्नुपर्दछ भन्ने हाम्रो मान्यता आफ्नो पार्टीको रहेको भन्दै अहिलेको प्रावधानले भारतमा विवाह भएको ७ वर्षमा र नेपालमा विवाहलगत्तैको असमान व्यवस्था राखेको स्पष्ट पार्नुभयो ।
पोखरेलले समाजिक सञ्जालमा यस्तो स्पष्टिकरण दिनुभएको छ :-
नागरिकता विधेयकमा आलोचना र प्रतिवादको अन्तर्य