
भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधीले १ बर्षमा गरेको कामको बिहीबार एक औपचारीक कार्यक्रमका बीच समिक्षा गरिएको छ ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित कुन्साङ लामा नेतृत्वको नगरका जनप्रतिनिधिले विधिवत काम थालेको १ वर्ष पुगेको सन्र्भमा ‘जनताको सेवामा १ वर्ष’ कार्यक्रममा नगरले अघि सारेका योजना र कार्यशैलीकको चौतर्फी प्रशंसा व्यक्त भएको पाइएको छ ।
एक बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको कार्यक्रममा जनताको सेवामा नगरले गरेका प्रयासको प्रमुख अतिथिको रुपमा आउनुभएका जिल्ला समन्वय समितिका प्रमुख,उपप्रमुदेखि अन्य राजनीतिक दल,नागरिक समाज लगायत सरोकारवालाले प्रशंसा गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले नमोबुद्धमा जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको नसुनिएको बताउनुभयो ।
‘नमोबुद्ध नगरमा हुने कार्यक्रममा देखिने उपस्थिती,समर्थन देख्दा यहाँका जनप्रतिनिधीले गर्नुभएको काम र कार्यशैली प्रष्ट देखिन्छ,यहाँका काम र कार्यशैलीका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन’,प्रमुख दिपक गौतमले भन्नुभयो–‘एक बर्ष अघि आजकै दिन नगर प्रमुख कुन्साङ लामा,उपप्रमुख रत्नबहादुर लामा लगायत जनप्रतिनिधीलाई पेश्की बधाई दिएको थिएं, १ बर्षको अवधीमा गरेका काम देख्दा र सुन्दा त्यो पेश्की फच्र्यौट भयो ।’
जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले नमोबुद्ध नगरपालिकाको कार्यशैलीबाट सबैले सिक्नुपर्ने प्रतिकृया दिनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सुशासन र पारदर्शितामा नमोबुद्धले जोड दिएको पाइएको भन्दै सामाजिक विकासको क्षेत्रमा अन्य स्थानीय तहको भन्दा बढी समन्वय नमोबुद्धले गरेको भन्दै प्रशंसा गर्नुभयो ।
नेकपा एमाले नमोबुद्धका अध्यक्ष कृष्णप्रसाद खनालले हालको नेतृत्वले राम्रो काम गरिरहेको भन्दै कार्यकालको बाँकी समय पनि राम्रो हुने अपेक्षा गर्नुभयो । ‘नराम्रो गरेका भए त हामी नराम्रो नै भन्थ्यौ, तर अहिलेको नेतृत्वले राम्रो काम गरेको छ, उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुष्कर न्यौपानेले नगरमा अनियमितताको आवाज सुन्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषक लक्षित कार्यक्रम ल्याउन नगरलाई अनुरोध गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नवराज सत्यालले वर्तमान नेतृत्वले पारदर्शितामा जोड दिदै राम्रो काम गरिरहेको पाएको प्रतिकृया दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार,शिक्षा,स्वास्थ्य,खेलकूद,पर्यटन,जेष्ठ नागरिक,युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरु अघि बढाएको बताउनुभयो ।
हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवद्र्धन र आय बृद्धिसंग जोड्दै वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन गरिरहेको भन्दै उहाँले आहतमा परेका नगरवासीलाई राहत हुनेगरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा विशेष जोड दिएका बताउनुभयो ।
उपप्रमुख रत्नबहादुर लामाले एक बर्षमा जनताको सेवा र हितको लागि अधिकतम प्रयास गरिएको भन्दै केही कमजोरी भए सच्याउदै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
प्रवक्ता टिकाबहादुर केसीले १ बर्षको अवधीमा जनताले अनुभूती हुने काम गरेको बताउनुभयो । वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रकृया अघि बढाइसकेको जानकारी दिनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्यालले पुँजीगत खर्च बृद्धि गर्दै विकासमा योगदान गर्न लागिएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अवसरमा नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा व्यवस्था गरिएको निशुल्क इन्टरनेट सेवाको उद्घाटन समेत गरिएको थियो । वी.पी. राजमार्गको नौबिसे चोक, भकुण्डे बजार देखि बुच्चाकोट सम्मका ६ स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिएको हो ।
नमोबुद्ध देखि काक्रे बजार सम्मको क्षेत्रमा पनि छिट्टै यो सेवाको व्यवस्था गर्ने सोच बनाएको नगरपालिकाले वल्र्ड यो सेवा लिकं कम्युनिकेशन्ससँगको सहकार्यमा शुरुवात गरेको हो ।