
काभ्रे–जिल्लाको रोशी गाउँपालिकाले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ । सञ्चारकर्मीसहितको उपस्थितिमा बुधबार पालिका केन्द्रमा समिक्षात्मक कार्यक्रमका बीच विषय क्षेत्रगत प्रगाति विवरण सार्वजनिक गरेको हो ।
संघीय व्यवस्थापछिको स्थानीय सरकारको दोस्रो निर्वाचनबाट निर्वाचित भएर पद बहाल गरेदेखि रोशी सरकारले गरेको कामको विवरण प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले भन्नुभयो –‘हिजो हामीलाई जनताले जसरी विश्वास गरेर निर्वाचित गराउनुभएको छ,त्यसको जवाफदेहिता पुरा गर्नका लागि र हामीले गरेका प्रत्येक कार्यहरुको जानकारी गराउनुपर्ने दायित्व अनुरुप आज यो कार्यक्रम आयोजना गरेका हौं ।’
चुनावका क्रममा अध्यक्ष,उपाध्यक्ष,वडाअध्यक्षका उम्मेद्वार हुदा सामुहिक रुपमा गरेका प्रतिवद्धताहरु र त्यो प्रतिवद्धता अनुरुप अहिले के भइरहेको छ भन्ने जानकारीका लागि यो कार्यक्रम आयोजना गरिएको उहाँले थप स्पष्ट पार्नुभयो ।
उहाँले संस्थागत सुशासन,सामाजिक विकास,आर्थिक विकास,पूर्वाधार विकास,वन वातावरण तथा विपद् व्यवस्थापन,न्याय सम्पादन लगायतका क्षेत्रमा निकै उपलब्धीहरु हाँसील हुन थालेको जानकारी गराउनुभयो ।
पालिका अध्यक्ष लामाले समानिकरण अनुदानमा कटौतीे,पर्याप्त स्रोत साधनको अभाव,पालिकाको अधिकांश क्षेत्रको जटील भु–धरातल जस्ता चुनौतीको समाना गर्दै समृद्धिकै अभियानमा केन्द्रित भएर गाउँपालिका अगाडि बढिरहेको पनि बताउनुभयो ।
पालिका उपाध्यक्ष मिम बहादुर वाइबा(ज्वाला) ले निर्वाचनको दौरानमा व्यक्त गरिएका साझा प्रतिवद्धताहरु पुरा गर्ने क्रममा स्थानीय सरकार क्रियासिल रहेको बताउनुभयो ।
समृद्ध रोशी निर्माणकै दौरानमा जनप्रतिनिधि,कर्मचारी,यहांका जनता सबैको हातेमालो आवश्यक रहेको औंल्याउँदै रोशीले एक वर्षमा सन्तोषजनक कार्यको शुरुवात गरेको दावी गर्नुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले जनप्रतिनिधिहरुले व्यक्त गरेका प्रतिवद्धता कार्यन्वयन,यस क्रममा प्राप्त उपलब्धी र कार्यन्वयनका क्रममा देखिएका समस्याहरु चिरफारका लागि एक वर्षे समिक्षा कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा पालिकाकको क्यालेण्डर पनि सार्वजनिक गरिएको थियो ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि गत २०७९ जेठ ९ गते सपथ लिएका रोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले बुधबारको समिक्षा कार्यक्रममा पत्रकारहरुको प्रतिक्रिया तथा सुझाव पनि लिएका थिए ।
स्थानीय निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेका पूूूूूूूर्व जिल्ला सचिव एवं क्षेत्रिय सभापति दिनेश लामा अध्यक्ष र माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज मिम बहादुर वाईबा(ज्वाला) उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
रोशीको एक वर्षे प्रगतिको पूर्णपाठ यस्तो छ :
नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाँक्षा पूरा गर्न एवम् संघीयता कार्यान्वयनलाई व्यवहारिक बनाई स्थानीय जनताको जनजीविकामा आमूल रुपान्तरण गर्न स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा आफ्नो अमूल्य मत दिएर हामीलाई निर्वाचित गराई रोशी गाउँपालिकाको बागडोर सुम्पिनु भएकोमा आम रोशीबासीलाई धेरै धरै धन्यबाद दिन चाहन्छौं ।
सपथग्रहणको प्रतिबद्धतास्
हामीले मिति २०७९ जेठ ९ गते सपथग्रहण गरेसँगै आंम रोशीबासी समक्ष ६० बर्ष नाघेका नागरिकहरुको निस्शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गरेका थियौं । सोही अनुरुप हालसम्म आईपुग्दा हामीले गरेको प्रतिबद्धताको कार्यान्वयनको अवस्था देहायबमोजिम रहेको छ ।
वडा नं जम्मा बिमित संख्या कैफियत
१ २३८
२ १३३
३ ८९
४ १०४
५ ०
६ १९७
७ ९२
८ ५३
९ ५३
१० १७९
११ १६३
१२ १३९
जम्मा १४४०
आ.ब २०७९/८० को समग्रविनियोजन तथा प्रगति विवरणः
१. कुल विनियोजित बजेटस् ८१,७८,९०,०००।००
क. चालुस् ४८,५३,८२,५५२।००
ख. पूँजिगतस् ३३,२५,०७,४४८।००
२. हालसम्मको वित्तिय प्रगतिस्
क. चालु खर्चस् ६१।३६५
ख. पूजिगत खर्च ५३।११५
आ.व. ०७९/०८० को क्षेत्रगत बजेट तथा खर्च विवरणः
क्रं. सं. क्षेत्ररउपक्षेत्र विनियोजन रकम खर्च प्रगति ९५०
१ आर्थिक विकास ४२८५७००० १८००२४७९ ४२।०१
२ सामाजिक विकास ३८३५६३८०१ २५०४१४८२०।०२ ६५।२९
३ पूर्वाधार विकास २३४९९८५७४ १२०७६४२२४।७३ ५१।३९
४ वातावरण तथा विपद व्यवस्थापन १२९२७०७३ १२३६८४०० ९५।६८
५ संस्थागत विकास सुशासन १८३१८१५४ ९९४४४२६।९८ ५४।२९
विषय क्षेत्रगत प्रगति विवरण
संस्थागत सुशासनस्
- आ.ब २०७९/८० मा ३ वटा कार्यविधि, २ वटा मापदण्ड, १ वटा निर्देशिका र १ वटा रणनीति पारित गरि कार्यान्वयनमा ल्याईएको छ ।
- गाउँपालिकाको संगठन तथा ब्यबस्थापन सर्बेक्षण बमोजिम कर्मचारी पदपूर्तिको ब्यबस्था मिलाईएको ।
- क्षमता विकास कार्यक्रम अन्तर्गत सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि ३ (३ दिनको क्षमता विकास तालिम संचालन गरीएको ।
- नेपाल दूरसंचार प्राधिकरण र रोशी गाउँपालिकाको साझेदारीमा १२ वटै वडा कार्यालय, १५ वटा स्वास्थ्य संस्था र १६ वटा माध्यमिक विद्यालयहरुमा फाइबर ईन्टरनेटको पहुँच पुर्याईकोछ ।
- रोशी गाउँपालिकाको १२ वटै वडा कार्यालयहरुबाट २०८० जेठ १ गते देखि SUTRA बाट अनलाईन राजश्व संकलन गर्ने कार्यको थालनी गरिएको छ ।
- गाउँपालिकाबाट हुने सबै भुक्तानीहरु EFT(Electronic Fund Transfer) प्रणाली मार्फत गर्ने गरिएको छ ।
- शाखारहित बैङ्किङ सेवा मार्फत वडा नं १,२,३,४,५,९,१०,११,१२ मा वडाकार्यालय बाटनै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यबस्थाको थालनी गरिएको छ ।
- वित्तिय सुशासन कायम गरी गाउँपालिकालाई शुन्य बेरुजु बनाउने अभियान अन्तरगत सबै प्रकारका कामकारबाहीलाई जवाफदेही र पारदर्शी बनाईएको छ ।
- कार्यालयबाट नियमित रुपमा सम्पादन गरिएका योजना तथा कार्यक्रम एवं नियमित सेवा प्रवाहको प्रभावकारीता मापनका लागि तेस्रो पक्षबाट सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण गर्ने कार्य गरिएको ।
सामाजिक विकासस् - एक दिने निःशुल्क आँखा परिक्षण तथा उपचार शिविर तीन स्थान ९खहरेपाँगु, कटुञ्जेबेशी र मंगलटार० मा संचालन गरिएको जस् अन्तर्गत १२३ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको।
- रोशी गाउँपालिका अन्तर्गत संचालित विद्यालयहरुमा मातृभाषा शिक्षा ९तामाङ० सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ४३ जनाको सहभागीतामा संचालन गरीएको ।
- विद्यालयहरुमा संचालित विभिन्न परीक्षा, कार्यक्रम तथा योजनाहरुको अनुगमन तथा सुपरीवेक्षण गरिएको ।
- गाउँपालिका अन्तर्गत क्षेत्रगत रुपमा नियमित मासिक प्र।अ। बैठक संचालन भइरहेको ।
- रोशी गाउँपालिका तथा अन्य पालिकाहरुकोगरी जम्मा २१ वटा क्लवको सहभागीतामा अन्तरपालिका स्तरीय रोशी कप फुटबल प्रतियोगिता सम्पन्न भएको ।
- गाउँपलिका अन्तर्गतका ६९ विद्यालयहरुका विद्यार्थीहरुको सहभागीतामा तहगत रुपमा क्षेत्रगत अतिरिक्त क्रियाकलाप संचालन गरीएको ।
- रोशी गाउँपालिका अन्तर्गत संचालित ११ वटा माध्यमिक विद्यालयहरुको सहभागीतामा २९ वटा विधामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको ।
- रोशी गाउँपालिका अन्तर्गत संचालित विद्यालयमा रिक्त रहेको मावि तहको ३ जना, निम्नमाध्यमिक तहको ७ जना र प्राथमिक तहको ३१ जना स्थायी शिक्षकहरुलाई पदस्थापन गरिएको ।
- गाउँपालिकाको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा तयार भएको छ ।
- खेलकुदको माध्यमबाट युवाहरुमा समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले गाउँपालिका र International Karate Organization सँगको सहकार्यमा अन्तर वडा स्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन भएको ।
- नेपाल आदिवासी जनजाति पत्रकार महासँघको समन्वयमा जिल्लामा रहेका जनजाति पत्रकारहरुको क्षमता विकासका लागि सूचना¸ प्रविधि¸ संचार तथा पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको ।
- ल्होच्छार लगायत जनजातिसँग सम्बन्धित चाडपर्वहरुको संरक्षण¸ सम्बद्र्धनका लागि स्थानीय क्लव तथा सामाजिक संघरसंस्थासँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गरिएको ।
- मानव अधिकार प्रबद्र्धनका लागि एकल महिलाहरुको भूमिकालाई मूलप्रवाहीकरण गर्न ८३ जना एकल महिलाहरुलाई क्षमता विकास तालिम सञ्चानल गरिएको ।
- Roshi Handicraft मार्फत रोशी गाउँपालिका क्षेत्रभित्रका ६० जना युवाहरुलाई स्थानीय सामाग्रीबाट मुढा¸ चकटी¸ म्याट फूल¸ टोपी तथा मोजा बनाउने तालिम सम्पन्न गरिएको ।
- आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण गरी मितव्ययीता कायम गर्ने उद्देश्यले गैरसरकारी संस्था महासंघ मार्फत कार्यपालिका सदस्यहरु र कर्मचारीहरुलाई २ दिने तालिम संचालन गरीएको ।
- यस गापामा तामाङ जातिको बाहुल्यता भएकोले तामाङ भाषाको संरक्षण तथा प्रबद्र्धनका लागि सेलो फाउन्डेशनको सहकार्यमा ताम्बा डकुमेन्ट्री निर्माणको कार्य अन्तिम चरणमा रहेको ।
- आय आर्जनसँग सम्बन्धित क्रियाकलाप मार्फत दलितहरुको आर्थिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यले यस बर्ष वडा नं १¸ ७ र ११ गरी ३ वटा वडाका १२३ जना दलितहरुलाई उन्नत जातको बाख्रा तथा सिलाई मेशिन¸ सुधारिएको आरन वितरण गरिएको ।
- महिलाहरुको बुटिक सम्बन्धी २ महिने द्यबकष्अ सीप विकास तालिम रोशी ८ र रोशी ९ मा सञ्चालन गरीएको । ३० जना सहभागीमध्येरोशी ८ का ३ जनाले रोजगारी पाएको तथा २० जनालाई एडभान्स कोर्सकोब्यबस्था गरीएको ।
- महिलाहरुको आङ खस्ने तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्बन्धी शिविर ( रोशी ७ रोशी मा।वि। र रोशी १ रोशी अस्थाई अस्पातालमा सञ्चालन भएको जसमा ९४ जना महिलाले लाभ लिएको ।९पाठेघर खस्ने समस्या भएको महिलाले रिङ लगाएको, पाठेघर मुखको क्यान्सर देखिएको लाई मनोपरामर्श दिई थप उपचारको लागि अन्य अस्पताल पठाईएको, परामर्शको आवश्यक परेको महिलाहरुलाई परामर्श दिईएको०
- गाउँपालिकाभित्रका १५ जना महिलाहरुलाई बुटिक सम्बन्धी २ महिने एडभान्स तालिम संचालन गरीएको ।
आर्थिक विकास
- वडा नं। १ देखि १२ सम्म प्रत्येक वडामा एक दिने ूश्रमको सम्मान, राष्ट्रको अभियानू बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी ४०० जना लाभान्वित भएको।
- EMIS मा आगामी आ।व। को लागि जम्मा ९९० जना बेरोजगार व्यक्तिको आवेदन दर्ता गरिएको ।
- चालु आ.व. मा काम गर्ने गरी सुचिकृत बेरोजगार – ५३९ जना
- जम्मा रोजगारीमा संलग्न बेरोजगार – ७४ जना
- सामाजिक परिचालन अन्तर्गतको सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रममा ७४ जना सहभागीहरुको घरधुरी सर्वेक्षण गरी फारम भरिएको ।
- ६८ जना सहभागिहरुलाई उद्यमशिलता विकास तालिम संञ्चालन गरिएको ।
- नयाँ लघु उद्यमी सृजना तर्फ २२ जना सहभागीहरुलाई वडा नं। १० मा वेसिक सिलाई कटाई तालिम संञ्चालन भइरहेको ।
- स्तरोन्नति तर्फ ७ जना पुरानो लघु उद्यमीहरुलाई २ महिने एड्भान्स व्यूटि पार्लर तालिम संञ्चालन
भइरहेको । - गाउँपालिकाको सबै वडाका विपन्नवर्ग, पिछडीएका जाति, एकल महिला तथा भूमिहिन १४०० जना कृषकहरुको पोषण तथा खाद्यसुरक्षाका लागि बिभिन्न तरकारीका १४००पाकेट मिनीकीट वितरण
गरिएको । - कृषकहरुको चाहना र आवश्यकताअनुसार प्रत्येक वडाबाट २ जनाको दरले २४ जनाको उपस्थितीमा माहुरीपालन कृषक तालिम सम्पन्न गरिएको ।
- वडा नं ८, ९, १०, ११ र १२ वडामा गणकहरुबाट किसान सूचीकरण कार्य शुरु भएको र हालसम्म २७५ जनाको तथ्याङ्क संकलन भएको ।
- कृषि तथा जडीबुटी खेति प्रबद्र्धनका लागि ४ जना कृषकलाई कुरिलो खेति गर्न अनुदान सहयोग प्रदान गरीएको ।
- जैबिक तरकारी उत्पादन कार्यक्रम अन्तर्गत भकारो सुधार तथा मुत्र संकलन गर्न २६जना कृषकलाई तालिम तथा ४ जना कृषकलाई भकारो सुधार गरी जैविक तरकारी उत्पादनमा अनुदान सहयोग वितरण गरिएको ।
- फलफूल बगैचा प्रवद्र्धन कार्यक्रम(ड्राइगन फ्रुट, किवि, कागती, एभोकार्डो)बारे २० जना कृषकलाई तालिम तथा ४ जना अनुदान सहयोग गरिएको ।
- साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम तरकारी पकेट निरन्तरतामा ९६ जना कृषक तथा नयाँ तरकारी पकेटमा ९० जना कृषकलाई सिप विकास तथा अनुदान सहयोग वितरण
- ४७३ जना कृषकहरुलाईआधुनिक तरकारी तथा फलफूल खेतीका प्रविधिहरु सम्बन्धि तालिम प्रदान गरिएको ।
- ४ वटा कृषि सहकारीर समूहलाई ६वटा मिनीटेलर , ८ वटा कृषि सहकारी र समूह र फार्मलाई ८ वटा मकै छोडाउने मेशिन ५०५ अनुदानमा वितरण गरीएको ।
- ३४ जना कृषकहरुलाई विभिन्न कृषि फर्म तथा अनुशन्धान केन्द्रहरुमा नविनतक कृषि प्रविधिहरुको अवलोकन तथा अध्ययन गरी कृषक समूह क्षमता अभिबृद्धि कार्यक्रम ९तालिम तथा भ्रमण ०संचालन गरीएको।
- १४० रोपनी जग्गामा उन्नत (रामपुर कम्पोजित०) जातकोमकै बीउ उत्पादन कार्यक्रममा २८ जना कृषकलाई तालिम तथा बीउ अनुदान दिईएको ।
- १० जना नयाँ कृषि ब्यवसाय कृषक गरी जम्मा ४४ जना कृषकलाई विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि बाट रु. ६३,५०,०००।( ब्याज अनुदानको लागि सिफारीस गरिएको ।
- १६ वटा मल विक्रेता सहकारी (कृषि सामाग्री कम्पनी) बाट २४७७ वोरा युरीया र ६६० बोरा डिएपी तथा साल्ट ट्रेडिङ कर्पोरेशनबाट १००० बोरा युरीया र ४०० बोरा डिएपी० ३५७७ बोरा युरीया १०६० बोरा डीएपी रासायनिक मल वितरणको लागि सहजिकरण गरीएको ।
- १४७ वटा कृषि फार्म सूचीकरण तथा ११वटा कृषि समूह दर्ता गरी कृषि प्रसारको पद्धती अनुशरण
गरीएको ।
पूर्बाधार विकासस्
- गाउँपालिकाको गौरबको आयोजनाको रुपमा रहेको डम्फु जिवन्त संग्रहालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
- रोशी गाउँपालिका र केन्द्र सरकारको समपुरक आयोजना अन्तर्गत चौकीडाँडा खहरेपाँगु सडकको ५०० मिटर बाटो कालोपत्रे हुने कार्य सम्पन्न भएको र ३ किमि बाटो स्तरउन्नती गरीएको छ ।
- भौतिक प्रगतिस् ७५%
- वित्तिय प्रगतिस् ६०%
- बि.पि राजमार्ग देखि गाउँपालिका प्रशासकीय भवनसम्मको ४१० मिटर बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको ।
- भौतिक प्रगतिस् ७५%
- वित्तिय प्रगतिस् ६०%
- गाउँपालिकाको प्रशासकीय भवन आगामी आ।ब भित्र सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण कार्य भईरहेको छ ।
- भौतिक प्रगतिस् ५४%
- वित्तिय प्रगतिस् ५४%
- गाउँपालिका स्तरीय औद्योगीक ग्रामको प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको तथा सो स्थानमा उद्योग ब्यबसाय संचालन गर्नको लागि सूचना आव्हान समेत गरिसकिएको ।
- रोशी गाउँपालिकाको पर्यटकीय गन्तब्यको रुपमा रहेको तीन धारे झरना संरक्षण र पहुँच मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भौतिक प्रगतिस् ६०%
वित्तिय प्रगतिस् ४९% - गाउँपालिका स्तरीय १० शैया अस्पताल निर्माणको कार्य अन्तिम चरणमा रहेको।
भौतिक प्रगतिस् ६५%
वित्तिय प्रगतिस् ४९% - रोशी गाउँपालिका र प्रदेश सरकारको समपुरक आयोजना अन्तर्गत देहायका आयोजनाहरु संचालित रहेका छन्
- बरपिपल किम्बे मस्राङ्गी सडक
सम्झौता रकमस् १,२३,१६,०६६।६१
वित्तिय प्रगतिस् २२.८८%
भौतिक प्रगतिस् २५% - पोटादोभान सिपाली बनखु सडक
सम्झौता रकमस् ९७,५६,९३४।७४
वित्तिय प्रगतिस् ९७.३३%
भौतिक प्रगतिस् ९७.३३% - माम्ति हर्कपुर घ्याङडाँडा अन्तरपालिका सडक
सम्झौता रकमस् ९८,४६,११७।९३
वित्तिय प्रगतिस् ३३.५४%
भौतिक प्रगतिस् ४५%
प्रदेश सरकारबाट विनियोजित विशेष अनुदानको रुपमा संचालित योजना
- सनिखोला लिफ्ट खानेपानी आयोजना
सम्झौता रकमस् ६०,२९,५४१।२३
भौतिक प्रगतिस् १०%
चालु आ.व.को बैशाख महिना सम्ममा सम्झौता भएका निर्माणसँग सम्बन्धित ३१० वटा योजनाहरु मध्ये सडक ९९ वटा¸ खानेपानी २० वटा¸ सामुदायिक भवन १२ वटा¸ सिंचाई १३ वटा¸ लघु जलविद्युत २ वटा¸ भू(संरक्षण २० वटा¸ पाटीरपौवारमन्दिररगुम्बा ४५ वटा र अन्य २८ गरी जम्मा २३९ वटा सम्पन्न भई सकेको¸७१ वटा योजनाहरु सञ्चालन भईरहेको छ ।
वन वातावरण तथा विपद् ब्यबस्थापन
- गाउँपालिका भित्र विपदमा परेका जनताहरुलाई नगद तथा जिन्सी सामाग्री राहत स्वरुप वितरण गरीएको र उद्धार कार्य गरिएको ।
- विपद प्रतिकार्यको लागि गाउँपालिकामा न्युनतम सामाग्रीहरु मौज्दात राखिएको छ ।
- विपद ब्यबस्थापनको लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अगाडी बढीएको छ ।
- आपतकालिन रुपमा आउनसक्ने विपद् ब्यबस्थापनको लागि गाउँपालिकामा विपद् ब्यबस्थापन कोषको ब्यबस्था गरीएको छ ।
न्याय सम्पादनः
- आ.व.०७९/०८० को उजुरी दर्ता संख्या ( १५, मिलापत्र संख्या ५, फैसला संख्या ० तथा उजुरी फर्छौट संख्या १४ रहेको छ ।
- न्यायीक समितिको बैठक संख्या २१ रहेको छ ।
- ३३ जना मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभुत तालिम र ४० जना मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि पुनःताजकी तालिम संचालन गरीएको छ ।
- वडा नं ४ मा मेलमिलाप सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरीयो ।
समस्या तथा चुनौतीहरुस्
- समानिकरण अनुदानमा कटौति भई भुक्तानीमा कठीनाई भएको ।
- नागरीकको असिमित आवश्यक्ता र अपेक्षा पुरा गर्न पर्याप्त स्रोत साधनको अभाव रहेको ।
- पालिकाको अधिकांश भूगोल ९करिब ६५५० भिरालो तथा जटील भू-धरातलको कारण पूर्वाधार विकास अपेक्षाकृत रुपमा हुन नसकेको ।
- ज्याला मात्रैको प्रावधानको कारण उत्पादनशील रोजगारी र उपयोगी पूर्वाधारको विषय गौण बनेको ।
- कृषकले उत्पादन गरेका कृषि उपजहरुको बजार व्यवस्थापनमा समस्या ।
- गाउँ बस्तीमा युवा पुस्ता पलायन हुने क्रम नरोकिनु ।
- भौगोलिक जटिलतालाई अवसरको रुपमा लिन नसक्नु ।
- गाउँपालिकामा न्यून जनशक्ति तथा गाउँपालिकाको भौगोलिक बनावटका कारण नियमित रुपमा अनुगमन तथा नियमनमा समस्या रहेको ।
- संघीय सशर्त अनुदानका कार्यक्रमहरुको निकासा समयमा नै पर्याप्त नहुनाले निकासा गर्न कठिन भएको
- Emis लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याई शिक्षक तथा कर्मचारीको तलबभत्ता Software मा समावेश गरी कार्यान्वयनमा ल्याउन नसकिएको ।
- दैनिक निर्वाध रुपमा टिपरचल्ने व्यवस्था नभएको कारण गाउँपालिकाको आन्तरिक श्रोतको रुपमा रहेको ढुङ्गा गिट्टी निकासी गर्न समस्या भएको ।
- NTC, Ncell लगायतका दूरसञ्चार टावरको समस्याले फोन नलाग्ने भई सम्पर्कमा समस्या हुने गरेको ।
- बोधिचित्त माला व्यवसाय पूर्ण रुपमा व्यवस्थित गर्ने नसकेको ।
अन्त्यमा १ वर्षे कार्यकालको समिक्षा कार्यक्रमलाई सफल बनाउन उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिकाबासीहरु, निर्वाचित जनप्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृत एबं कर्मचारीहरु, पत्रकार तथा संचारकर्मीहरु,बुद्धिजीवी तथा समाजसेवीहरुप्रति आभार एबं धन्यबाद ज्ञापन गर्दछु ।
रोशीको जय होस्
दिनेश लामा
अध्यक्ष
रोशी गाउँपालिका
१० जेठ, २०८०