काठमाडौं–आउने जेठ २६ गते एकैसाथ देशभरका हलहरुमा रिलिज हुन लागेको नेपाली चलचित्र नीरफूलको लिरिकल भिडियो सोमबार सार्वजनिक गरिएको छ ।
हाईलाइट्स नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ‘जिन्दगीकै डुङ्गा’ भिडियो निकै मर्मस्पर्शी पाइएको छ । चलचित्रका निर्देशक फूलमान वल स्वयंको शब्द रचनामा चन्द्रकुमार दोङको संगीत छ भने राजेश पायल राइले स्वर दिनुभएको छ ।
पारिवारीक प्रेम र विछोडको कथा रहेको चलचित्र नीरफूल कोभिड–१९ का कारण रिलिज रोकिएकोमा आउने जेठ २६ गतेलाई रिलिज डेट तय गरेको छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड पाएको सर्ट फिल्म ‘सेलफोन’ निर्देशन गरिसक्नुभएका वल निर्देशित फिल्म नीरफूलमा नायक दयाहाङ राई,नायिका शान्ति वाइबा,विशेष भुमिकामा रेखा थापाको हुनुहुन्छ भने बुद्धि तामाङ(हैट),पुस्कर गुरुङ,मानसराज,रोशन फ्युवा,निशा पाख्रिन,सरीता गिरी,जीवन वराल,सन्तोष लामा,विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको जनाईएको छ ।
२०७२ को कहालीलाग्दो विपत्ति भुकम्प र मानविय संवेदनालाई मुख्य विषय बनाएको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ ।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।
निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत हुनुहन्छ ।
यस्तो छ भिडियो :