स्मरण – वार्षिक वजेट समेत हेर्नुहोस् :
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले आफूले ६ महिनामा गरेको कामको समिक्षा हाँसील भएका उपलब्धी सार्जजनिक गरेको छ । गाउँसभा अन्तर्गत बुधबार सम्पन्न १२ औं अधिवेशनले अर्धवार्षिक समिक्षा गरेको हो ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले पालिकाले ६ महिना भित्रमा गरेको विभिन्न विषयगत क्षेत्रमा भएको कामको बारेमा समिक्षात्मक मन्तब्य राख्दै पालिकाले विभिन्न उपलब्धीहरु हाँसील गरेको उल्लेख गर्नुभयो ।
यी हुन् ६ महिनामा भएका उपलब्धिहरु
१.१ क्षेत्रगत नीति तथा आधारहरुः
(क) आर्थिक विकास सम्बन्धी प्रगति विवणहरुः
-
तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रुपमा रहेको बोधिचित्त मालाको खेती प्रबर्द्धनमा जोड दिनुका साथै माला निकासीमा सरल र सहज व्यवस्था गरिएको ।
-
उर्बरायुक्त जमिनको सदुपयोग गरी कृषि क्षेत्रको प्रवर्द्धनका लागि लिफ्टिङ सिंचाईको थप व्यवस्थालाई निरन्तरता दिइएको ।
-
पशुस्वास्थ्यको प्रवर्द्धनका लागि पशुखोपको व्यवस्थालाई निरन्तरता दिइएको ।
-
पशु पन्छीको परजिवी नियन्त्रणको लागि औषधी खरिद गरि सबै वडा कार्यलायहरुमा सेवा प्रवाह ।
-
सबै वडा कार्यायहरुमा जम्मा १५३११ पशु पन्छीको उपचार गरिएको ।
-
कृषि उपजका लागि पकेट क्षेत्रको विकासमा जोड दिइएको ।
-
सबै वडाका कृषकहरुलाई हिउँदे तरकारी मिनिकिट वितरण गराइएको ।
-
वडा नं. १,२,३,४ र ५ मा किसान सूचीकरण कार्यक्रम सञ्चालनमा रहेको ।
-
कृषक समूहहरुलाई कृषि तथा पशुसेवा सम्बन्धी आधारभूत सेवा प्रवाह सेवा केन्द्र मार्फत वडा वा बस्तीमा गरिएको ।
-
किसानलाई मलको अभाव हुन नदिन गाउँपालिका क्षेत्र भित्र रहेका सहकारीसंग समन्वय गरी अनुदानमा मल विउ विजन वितरण गर्ने नीतिलाई निरन्तरता दिइएको ।
पर्यटन विकास तर्फ देहायको नीति अवलम्वन गरिनेछः
-
तेमालमा पर्यटन प्रवर्द्वनका लागी तामाङ संग्राहलय निर्माणधिन अवश्यमा रहेको तथा थप पर्यटन विकास एवं पर्यटन प्रवर्द्धनका लागि सार्वजानिक, नीजि, सहकारी एवं सामूदायिक क्षेत्रहरुसंग साझेदारी एवं सहकार्य गरी यसबाट प्राप्त लाभहरु आम जनतासम्म पुर्याइएको ।
(ख) सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरुः
शैक्षिक नीति तथा कार्यक्रमहरुः
”सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणास्तर सुधार बालबालिका विद्यालय प्रवेशको मूख्य आधार”
-
तेमाल गाउँपालिका अन्तर्गत सञ्चालित बाल विकास केन्द्रको नियमित अनुगमन गरी बालमैत्री सूचक बमोजिम सञ्चालन हुने व्यवस्थालाई निरन्तरता दिइनेछ । न्यायोचित वितरण प्रणालीका आधारमा बालविकास केन्द्रलाई शैक्षिक समाग्री वितरणको व्यवस्था गरिएको ।
-
विद्यालयस्तरीय कार्यक्रम कार्यान्वयन, प्रवर्द्धन गर्न र शिक्षकलाई उत्प्रेरणा प्रदान गरी सकारात्मक सुझाबको नीति अवलम्बन गर्न विद्यालयको नियमित अनुगमनलाई जोड दिईएको ।साथै सबै शिक्षकहरुलाई अभिभावकसंग नियमित सम्पर्क गर्नुपर्ने नीति लिइएको छ ।
-
विद्यालय व्यवस्थापन समितिले प्राज्ञिक वातावरण बनाउने र प्रधान अध्यापकले प्राज्ञिक परिणाम दिने गरी वडा शिक्षा समितिको समेत परिचालन गरिएको ।
-
स्थानीय पाठ्यक्रम निर्माणको कार्य आगाडी बढाइएको ।
-
विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई एक आपसमा समायोजन गरी नमूना विद्यालयको रुपमा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने निति लिएको ।
खेलकुद सम्बन्धी नीति तथा कार्यक्रमहरुः
गाउँपालिका स्तरीय खेलकुद समिति गठनका लागि तेमाल गाउँपालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरिएको ।
-
गाउँपालिकाको गौरबको योजनाको रुपमा वडा नं.-७ चापाखोरी रंगाशालामा एक राष्ट्रियस्तरको मापदण्ड पुरा हुने गरी खेल मैदान निर्माणधिन अवस्थामा रहेको ।
स्वास्थ्य तर्फको नीति तथा कार्यक्रमहरुः
-
तेमाल गाउँपालिकाको कोभिड-१९ विरुद्धको बुस्टर खोप कार्यक्रम सञ्चालन गरिएको ।
-
४० वर्ष भन्दा माथिका नागरिकहरुको लागि नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य तथा ल्याव परिक्षण कार्यक्रम सबै वडा स्वास्थ संस्थाहरुमा सञ्चालन गरिएको ।
-
३ दिने मिहला स्वास्थ्य तथा पाठेघर र स्तन क्यान्सर रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको ।
-
निःशुल्क आँखा शिविर मोतिविन्दुको निःशुल्क अपरेशन तथा आँखा रोगीहरुलाई औषधी उपचार सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको ।
-
महिला स्वास्थ्य सम्बन्धी शिवर कार्यक्रम सबै स्वास्थ्य संस्थाहरु सञ्चालन गरिएको ।
-
गर्भवती महिलाहरुको लागि पौष्टिक आहाराको व्यवस्थापन गराइएको ।
-
तेमाल गाउँपालिका अन्तर्गतका गर्भवती महिलाहरुलाई प्रसुति केन्द्रमा सुत्केरी गराए प्रश्चात यातायात लागि ऐम्बुलेन्स सेवा निशुल्क व्यवस्था गराइएको ।
-
तेमाल गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई जटिल समस्या भई अन्य अस्पतालमा रिफर गर्नुपर्दा ऐम्बुलेन्स सेवा निशुल्क व्यवस्था गराइएको ।
-
सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा रहेको ल्याबमा ए.एन् सि. प्याकेज परिक्षण निशुल्क व्यवस्था गराइएको ।
-
तेमाल गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा टि.टि. खोप निशुल्क प्रदान गराइएको ।
-
तेमाल गाउँपालिकामा रहेका गाउँघर क्लिनिक तथा खोप क्लिनिकलाई व्यवस्थित गरि गुणस्तरीय सेवा प्रदान गराइएको ।
-
महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन गराइएको ।
-
कुनैपनि बालवालिकाले कुपोषणको शिकार हुन नपरोष भन्ने नीतिलाई अंगीकार गरी ५ वर्षमुनिका कुषोषित बालबालिकाहरुलाई पौष्टिक आहाराको व्यवस्थापन गराइएको ।
-
सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधीको व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिईएको ।
खानेपानी तर्फको नीति तथा कार्यक्रमहरुः
-
प्राणीको जीवन रक्षाको दोस्रो आधार पानी भएकोले खानेपानीको सुव्यवस्था गर्ने र सवै नागरिकमा शुद्ध पिउने पानीको सहज पहुँच विस्तार कार्यलाई निरन्तरता दिइएको ।
-
संचालनमा रहेका खानेपानी योजनाहरुको दिगो संचालन, मर्मत सम्भार, क्षमता अभिबृद्धि तथा पुनः निर्माण जस्ता कार्य उपभोक्ताहरुको समेत लगानी तथा सहभागितामा संचालन गरी गराई आधारभुत खानेपानी सेवाको सुनिश्चितता गर्न र खानेपानी सेवा नपुगेको टोल वस्तीमा खानेपानी सेवा पुर्याउने कार्यको लागि योजना तथा कार्यक्रम पालिकाको आफ्नै लगानीमा र अन्य संघसंस्थाको साझेदारीमा संचालन गर्ने कार्यलाई निरन्तरता दिइएको ।
-
सडक लगायत भौतिक पूर्वाधारहरुको निर्माण गर्दा गराउँदा पानीको मूल र स्रोतमा हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्ने उपायहरु अवलम्बन गर्ने कार्यलाईकार्यमा जोड दिइएको ।
-
तेमाल बृहद खानेपानी आयोजना समयमै सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट अनुगमन एवं ध्यानाकर्षण गराईएको ।
पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरुः
-
वडा नम्बर ७ तामाङ संग्रहलाय को सम्झौता भई निर्माणधिन अवस्थामा ।
-
गाउँपालिकास्तरीय तथा वडा स्तरीय गरी जम्मा ११७ वटा योजना सम्झौता भएकोमा ३४ वटा योजना सम्पन्न भई भुक्तानी भएको ।
-
प्रस्तावित तेमाल रंगशाला वडा नम्बर ७ को सम्झौता भई निर्माणधिन अवस्थामा ।
-
प्रस्तावित रणनितिक सडक वडा नम्बर ८ बाहेक ८ वटा रणनितिक सडकको टेण्डर आव्हान सम्पन्न ।
-
इन्जियरिङ सामाग्री खरिदका लागि टेण्डर आव्हान गरी सामाग्री खरिद गरिएको।
-
गाउँपालिकाको स्थानीय सडक, रणनीतिक सडक, कृषि सडकहरुको वर्गिकरण गरी सडक सञ्जाललाई व्यवस्थित गराइएको ।
-
यातायात सुविधा तथा वडाहरुको भौगोलिक सन्तुलनको आधारमा क्रमशः बाह्रै महिना संचालन गर्ने गरी स्तरोन्नती गर्नुका साथै ढलान र कालोपत्रे गर्ने तर्फ संघिय र प्रदेश सरकारसंग पहल गर्ने र गाउँपालिकाकै स्रोत परिचालन गरी कार्यान्वयन गर्ने व्यवस्थापन गरिएको ।
-
वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बाह्रै महिना निर्वाध रुपमा सवारी साधन संचालन गर्न सक्ने गरी स्तरोन्नती गर्न प्राथमिकता दिइएको।
वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमहरुः
वातावरण सम्बन्धी नीतिः
-
सडकको क्षेत्राधिकार भित्र बृक्षारोपण कार्यक्रम संचालन कार्यलाई निरन्तरता दिइएको ।
विपद व्यवस्थापन सम्बन्धी नीतिः
-
गाउँपालिकामा विपद व्यवस्थापन कोषलाई यथावत संचालन गरी कोषलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरुको साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा निरन्तरता दिइएको ।
-
विपद परेको अवस्थामा उद्दारको लागि आवश्यक पर्ने यन्त्र, साधन तथा औजारहरुको उचित व्यवस्थापन गराइएको ।
-
विपदका क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरुसंग समन्वय गरी विपद व्यवस्थापन सम्बन्धी आवश्यक योजना तथा कार्यक्रमहरु संचालन गराइएको ।
फोहरमैला तथा सरसफाई सम्बन्धी नीतिः
-
सार्वजानिक शौचालयको निर्माणका लागि साझेदार संस्थाहरुको खोजी गरी निरन्तरता दिइएको ।
-
सार्वजानिक भवन, सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुलाई पूर्णत सरसफाई कार्यलाई निरन्तरता दिइएको ।
लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरुः
-
अपांगता भएको व्यक्तिहरुका लागि स्वास्थ्य शिविर तथा आवश्यक सहायता सामाग्री वितरण कार्यक्रम सञ्चालन गरिएको ।जसमा २७० जनाको स्वास्थ्य परिक्षण गरिएको
-
तेमाल गाउँपालिकाको सबै वडाहरुमा ६० वर्ष माथिका ५३० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक कार्ड वितरण गरिएको ।
-
लैगिक समानता तथा सामाजिक समवेसीकरण रणनिति कार्यपालिकाबाट स्वीकृत गरि वेव साइटमा प्रकाशन गरिएको ।
-
गाउँपालिका भित्रका १८ वर्ष मुनिका बाबुआमाकाको मृत्यु भएका, वेपत्ता भएका तथा संरक्षण र रेखदेखबाट बञ्चित भएका बालबालिकाको अवेदन संकलन गरिएको ।
-
अपांगता वर्गिकरण गरी जम्मा २७ जनालाई कार्ड वितरण गरिएको ।
-
तेमालका सवै महिला, बालवालिका, आदिवासी जनजाती, दलित, विपन्न वर्ग, जेष्ठ नागरिक, फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरुको क्षमता विकास तथा आर्थिक, समाजिक सशक्तिकरणको नीति अवलम्बनलाई निरन्तरता दिइएको ।
-
संविधान प्रदत्त महिलाहरुको हक र अधिकारहरुको कार्यान्वनय गरिने नीति अवलम्बन गरिएको।
-
गाउँपालिका क्षेत्रमा संचालन हुने हरेक अवसर र गतिविधिमा सम्भव भएसम्म पचास प्रतिशत महिला सहभागिता गराइएको।
-
लैंगिक हिंसा निवारण कार्यक्रम सञ्चालन गरिएको ।
-
(च) तेमाल गाउँपालिकाको न्यायिक समितिमा आ.व.2079/80 मा दर्ता भएका विवादहरु तथा कार्य प्रगति विवरण
1.तेमाल गाउँपालिकाको न्यायिक समितिले आ.व. 079/80 को लागि सामुदायिक मेलमिलापकर्ता सूचीकृत तथा अद्यावधिकका लागि सूचना प्रकाशन गरी मेलमिलापकर्ता सूचीकृत गरिएको।
2.तेमाल गाउँपालिकाको न्यायिक समितिमा आ.व.2079/80 को श्रावण महिनादेखि हालसम्म दर्ता भएका 8 वटा उजुरीहरुमध्ये 3 वटा न्यायिक समितिले मेलमिलाप गराइएको,1वटा योजनासम्बन्धी विवाद वडामा मिलाएको भन्ने मौखिक जानकारी प्राप्त भएको र बाँकी प्रक्रियामा रहेको
-
तेमाल गाउँपालिका न्यायिक समितिमा आ.व. 2079/80 मा मेलमिलापकर्ता सूचीकृतको लागि निवेदन पेश गरेका मेलमिलापकर्ताको विवरण तपशील बमोजिम रहेको छ।
सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरुः
-
सार्वजानिक सेवा प्रवाहलाई गुणस्तरीय, समावेशी एवं सहज बनाउन विद्युतिय शासन प्रणाली अवलम्बन गरि प्रशासनिक कार्यविधिलाई सरलिकरण र संक्षेपीकरण गराइएको ।
-
नेपाल सरकारद्वारा स्वीकृत दरवन्दी ढाँचा बमोजिम वडा कार्यालय तथा गाउँपालकाको कार्यालयमा जनशक्ति व्यवस्थापन गरिएको ।
-
सवै वडा कार्यालयहरुलाई गाउँकार्यपालिकाको कार्यसञ्जालसंग जोड्ने नीति अवलम्बन कार्यलाई निरन्तरता दिइएको ।
पञ्जीकरण शाखा
-
प्रथम त्रैमासिक समाजिक सुरक्षा भत्ता तीन करोड चार लाख बयलीस हजार पाँच सय अठ्तीस निकासा गरि वितरण गरियो ।
-
दोस्रो त्रेमासिक समाजिक सुरक्षा भत्ता ३ करोड अठार लाख सोह्र हजार आठ सय सत्तहत्तर रुपैया निकास गरि वितरण गरियो ।
-
वडा नं. २ र ३ मा नयाँ आउनु भएको वडा सचिवहरुलई अभिमूखिकरण तालिम दिई वडा कार्यालयमा खटाइएको ।
-
सबै वडा कार्यालयमा आउने व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी समस्याहरुको समाधान गरियो ।
वित्तिय व्यवस्थापनः
-
नेपालको संविधानमा उल्लेखित राजस्वका स्रोतहरुको दायरालाई फराकिलो पार्दै अधिकतम आन्तरिक स्रोत संकलन गर्दै वित्तिय स्वावलम्बन तर्फ अग्रसर हुने नीति लिइएको ।
-
गाउँपालिकाको आन्तरिक आम्दानी हुने स्रोतहरुको पहिचान गरी दिगो र भरपर्दो रुपमा विकास कार्यलाई निरन्तरता दिइएको ।
सूचना, संचार तथा प्रविधि तर्फः
-
तेमाल गाउँपालिकालाई सूचनामैत्री बनाई स्थानीय सञ्चार माध्यमहरुको विकास र प्रवर्द्वन गराइएको ।
-
राजस्व संकलन सेवा लगायत सहज सूचना प्रवाहको लागि ३ वटा वडा कार्यालयसम्मआफ्नै फाइबर मार्फत पुर्याइएको,बाकी ६ वटा वडाहररु, ४१ वटा विद्यालय र सबै स्वास्थ्य संस्थाहरुमा यसै वर्ष अप्टिकल फाइबर जडान गर्नका लागि गाउँपालिकाबाट टेण्डर अव्हान गरी कार्य सम्झौता भएको ।
-
गाउँपालिकाको प्रशासनिक कार्यलाई व्यवस्थित बनाउँन र कागज रहित तथा अनलाईन सेवाको प्रबर्द्धन गर्न आवश्यक सूचना प्रविधि पूर्वाधार सहित यस क्षेत्रमा प्रयोग भईरहेका सफ्टवेयर प्रयोगमा जोड दिईएको ।
-
गाउँपालिका भित्रका सम्पूर्ण डाटा व्यवस्थापन को लागि आफ्नै सर्भरको व्यवस्था गरिएको छ। साथै आर्थिक कारोबार लाइ साइवार थ्रेट बाट बचाउनको लागि फाइवाल रउटार सर्भर अपग्रेड र डाटा ब्याकअपको ब्यवस्थापन गरिएको।
-
सेवाग्राहीको अधिकारलाई सम्वोधन गर्दै सवै वडा कार्यालय र विषयगत इकाइमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी गरिएको मा सो को प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरुलाई उत्तरदायी बनाईने छ। यसबाट गाउँपालिकाको सेवा प्रवाह अझै प्रभावकारी र विश्वसनीय हुने विश्वास लिइएको छ।
-
अनलाईन मार्फत उपलब्ध गराउन सकिने सबै प्रकारका सेवाहरुलाई गाउँपालिकाको आफ्नै वेव ईमेल इन्टरनेटको माध्यमबाटै उपलब्ध गराउन डिजिटल डिमण्ड र डिजिटल सर्भे अवलम्बन गरिएको । आम गाउँबासीलाई सेवा तथा सूचना दिने प्रयोजनको लागि ल्याईएको छ ।
-
गाउँपालिकाबाट जारी गरिने सेवा तथा सेवा लिन सम्पर्क राख्न पर्ने स्थानहरु, एवम् सूचना तथा सार्वजनिक जानकारीका विषयहरुको अलावा नागरिकहरुको दैनिकी संगजोडिएका विविध विषयहरु गाउँपालिको वेवसाइट तथा अधिकारी फेसबुक मर्फत गाउँबासी समक्ष पुयाइएको।
-
पारदर्शिता एवम् सुशासनका लागि गाउँपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथासञ्चार माध्यमबाट सार्वजनिकीकरण गरिएको ।
-
गाउँपालिकाले तर्जुमा गरेका सबै नीति तथा कानुनहरु गाउँपालिकाको वेवसाइटमार्फत सार्वजनिक गरिएको। वेवसाईट नियमित रुपमा अद्यावधिक गर्ने व्यवस्थामिलाएको छु।
-
गाउँपालिकामा आबश्यक र उपयुक्त थप कानूनहरु तयार गरी गाउँवासीहरुलाई सरल,सहज र प्रभावकारी सेवा प्रदान गरिएको ।
अन्त्यमा, नीति तथा कार्यक्रमको समयवद्ध एवं सफल कार्यान्वयनबाट तेमालको समाबेशी र दीगो विकासमा सघाउ पुग्ने, आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने, रोजगारीको क्षेत्रमा बृद्धि भई जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने देखिन्छ साथै सामाजिक सदभाव र समन्वय तथा भातृत्व विकासमा समेत टेवा पुग्छ भन्नेमा म पूर्ण विश्वस्त छु । अर्थवार्षिक समिक्षा कार्यक्रम तयार गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैमा धन्यवाद दिन चाहन्छु । उपस्थित सवै महानभावहरुमा हार्दिक कृतज्ञता अर्पण गर्दछु ।
स्मरण -आ.व.२०७९/०८० को बजेट यस्तो थियो