काभ्रे–नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको शनिबार सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले सर्वसम्मत रुपमा आफ्नो नेतृत्व चयन गरेको छ ।
पालिका केन्द्र पोखरी नारायणस्थानमा भएको अधिवेशनले सर्वोद्धार मावि वडा नं. २ चुखाका प्रधानाध्यापक ज्ञान्जामान तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।
उपाध्यक्षमा तेमाल मावि वडा नं. ४ का प्रधानाध्यापक गणेशमान लामा,उपाध्यक्ष (महिला) मा वडा नं. ७ की विष्णुमाया तामाङ,सचिवमा वडा नं. ६ का रमेश प्रसाद त्रिपाठी,सचिव (अर्थ) मा वडा नं. ३ का इन्द्रजीत तामाङ,सहसचिव (अर्थ) मा वडा नं. ५ की अनिता तामाङ,सहसचिव (साधारण)मा वडा नं. १ का चित्र बहादुर वाइबा,सहसचिव (महिला) मा सुजिमा तामाङ र सहसचिव (समावेशी)मा वडा नं. ३ का गोपालमान तामाङ रहनुभएको नव निर्वाचित अध्यक्ष ज्ञान्जामान तामाङले जानकारी दिनुभयो ।
सदस्यहरुमा वडा नं. १ बाट बुद्धिमान तामाङ र देवराज तिमल्सिना,वडा नं. २ बाट भिमलाल लामा,मानकाजी तामाङ र रुविना तामाङ,वडा नं. ३ बाट उर्मिला कार्की,वडा नं. ४ बाट प्रेमकुमार तामाङ र नविनकुमार लामा,वडा नं. ५ बाट निर्मला मैनाली र जगतमान तामाङ,वडा नं. ५ बाट पिताम्बर ढुंगाना,बाबुलाल तामाङ र दिलकुमार मोक्तान,वडा नं. ६ बाट ग्याल्छान लामा र रुद्धप्रसाद चिपाठी, र मनिषा खरेल,वडा नं. ७ बाट शर्मिला त्रिपाठी,वडा नं. ९ बाट शंखलाल तामाङले जिम्मेवारी पाउनुभएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव मुक्तानले शिक्षण सिकार्यको क्रममा शिक्षकहरुले नयाँ तरिकाबाट खोज गर्दै शिक्षामा परिवर्तन ल्याउनु पर्नेमा जोड दिनुभयो ।
शिक्षा तथा शिक्षकमा देखिएका कतिपय समस्याहरुलाई समाधान गर्न यस खालका शिक्षक संघ र सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो ।नेपालको शिक्षा नीति र शैक्षिक अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रमुख अतिथि मुक्तानले गुणस्तरीय शिक्षाको विकासमा आफू सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
तेमाल गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता चन्द्र बहादुर तामाङले शिक्षकहरु गुणस्तरीय शिक्षा प्रदान गर्न तत्पर रहनुपर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालयको शिक्षा कमजोर भइरहेको बेला शिक्षकहरुको भूमिका अब सामान्य भएर नहुने उहाँको भनाई छ । उहाँले बालकालिकाको शिक्षाको हक ग्यारेन्टी सरकारले गरेको बेला गम्भिर भएर लाग्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
पालिका अध्यक्ष तामाङले हालै शिक्षक सेवा आयोगबाट स्थायी रुपमा नियुक्ति भएका शिक्षकहरुका कारण अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुनुर्ने बाध्यता रहेको बताउँदै त्य समस्याको लागि कम भन्दा कम शिक्षकहरु विस्थापित हुनबाट बचाउनका लागि पालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
‘स्थानीय तहको क्रियाशीलता ,शिक्षक संघको सफलता भन्ने’ मुल नाराका साथ सम्पन्न अधिवेशनले आफूलाई सर्वसम्मत रुपमा दिएको अध्यक्षको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष तामाङले प्रतिवद्धता जनाउनुभयो ।
नेपाल शिक्षक संघ तेमालका अध्यक्ष बाबुलाल तामाङको सभापतित्वमा भएको कार्यक्रममा अन्य अतिथिको रुपमा तेमाल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष दुर्गा माया तामाङ,वडा नं. ६ ठूलोपर्सेलका निवर्तमान वडा अध्यक्ष विकुलाल तामाङ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल,नेपाल शिक्षक संघ काभ्रे जिल्ला कार्य समितिका सहसचिव दिलकुमार मोक्तान लगायतको उपस्थिति थियो ।
नमोबुद्धमा पुनः दिनेशको नेतृत्व
त्यस्तै नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा भने दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत हुनुभएको छ । भकुण्डेमा भएको दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
उपाध्यक्षमा विमल खनाल,उपाध्यक्ष (महिला)मा झलमाया श्रेष्ठ,सचिवमा रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ)मा गणेश लामा, सहसचिव (साधारण)मा माधवप्रसाद हुमागाई, सहसचिव (महिला) मा शान्ता श्रेष्ठ र सहसचिव (समावेशी)मा प्राणगोपाल बैद्य छन् ।
सदस्यहरुमा मिनलाल तामाङ,दिपेन्द्रप्रसाद पौडेल,ध्रुव अधिकारी,चन्द्रबहादुर लामा,शोभित तामाङ,पूर्णबहादुर तामाङ,लमिन लामा,पदमबहादुर लामा हुनुहुन्छ । निर्वाचन समितिका संयोजक पूर्णचन्द्र काफ्ले कार्यसमिति निर्विरोध भएको घोषणा गर्नुभएको थियो ।
अधिवेशन उद्धघाटन गर्दै नमोबुद्ध नगर प्रमुख कुन्साङ लामाले शिक्षा क्षेत्रको विकासको लागि नगरले विभिन्न योजना र काम अघि बढाएको बताउनुभयो । शिक्षामा गुणस्तर कायम गर्न शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले योजना र कार्यक्रम प्रस्ताव गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, बाग्मती प्रदेश सदस्य किशोर अधिकारी, नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, महेन्द्र थिङ, कोषाध्यक्ष दुर्गा लामा,नमोबुद्ध नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी,सामाजिक समिति संयोजक रहेको वडा नं ९ का अध्यक्ष विरबहादुर तामाङ,नेपाल शिक्षक महासंघ नमोबुद्धका अध्यक्ष पञ्च सिं लामा, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका कमलराज चिमौरिया, अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका सचिव ऋषिराम खनाल, नेपाल शिक्षक संघ नमोबुद्धका उपाध्यक्ष विमल खनालले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
अध्यक्ष दिनेशप्रसाद अधिकारी,सचिव रमेशप्रसाद न्यौपाने र सचिव (अर्थ) विजय खनालले पेश गरेको बार्षिक प्रतिवेदन पनि पारित भएको थियो ।