
काठमाडौं–जनताको मनमा भिजेमा व्यक्तिले निर्वाचन जितेमा सबैभन्दा खुसी जनता नै हुन्छन् र उनीहरुले आफ्नो भरोसा पाउँछन् । तीनै जनताको मायालाई खेर जान नदिन प्रतिनिधिलाई नैतिक पनि दबाब मिल्छ ।
जनतामाझ देखिएको लोकप्रीयता,क्षमता,भिजनले मन जितेको उम्मेद्वार हुनुहुन्छ मनोज जंग थापा । मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय ससदका लागी उम्मेदवार हुनुभएका थापाको जित सुनिश्चित जस्तै भएको छ ।
बि.स.२०४० सालमा कमला माबि ढुङ्ग्रेबासमा अध्यन गर्दै गर्दा अनेरास्ववियुबाट बामपंथी राजनिती यात्रा शुरु गरेका थापा अखिल भारत नेपाल बिद्यार्थी संघको महासचिव हुँदै लोकतान्त्रिक आन्दोलनलाई पुर्णता दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्तर्राष्ट्रिय बिभागको जिम्मेवारीमा समेत कृयाशिल हुँदै,हाल नेकपा एमालेको केन्द्रिय सदस्य तथा बुद्धिजीवी परिषदका इन्चार्ज थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दख्खल राख्ने सकृय राजनितीकर्मी हुनुहुन्छ ।
वर्गीय समाज र राज्यका मूख्य मुद्दामा पार्टीलाई राय सल्लाह सुझाव दिने थापाले नेपालको माओवादी आन्दोलन र चिनिया कम्युनिस्ट पार्टी बिच सहजकर्ताको रुपमा कार्य गर्नु भएको थियो । शोषित पीडित बर्गको मुक्तिका लागि माओवादीले गरेको क्रान्ति सिमित ब्यक्ति र नेतृत्वका कारण स्खलित भएको र माओवादी आन्दोलन पार्टी बन्न नसकेको निष्कर्ष सहित थापा राष्ट्र,राष्ट्रियता र अखण्डताको पक्षमा सतिसाल झै खडा भई देश र जनताको समृद्धि र खुशीका लागि एमालेको राजनीतिमा सक्रिय रहनु भयो ।
‘समृद्ध सिन्धुली,सुखी सिन्धुली बासी’ भन्ने मूल अवधारणा सहित एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका थापाको योजना र हिजोको योगदानबाट बसेको जनाधार जितको मुख्य आधार मानिन्छ । गत स्थानीय तहको निर्वाचन परिणमलाई हेर्ने हो भने पनि उहाँको पार्टी कत्तिपनि कमजोर देखिदैन ।
पानी,पर्यटन,पूर्वाधार,परिश्रम र परिवारनै सामाजिक रुपान्तरणको मूख्य आधार रहेको र यसैले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्माण गरि समाजवादको मार्ग प्रस्स्त गर्ने सामाजिक दर्शन तय गर्दछ भन्ने दर्शनशास्त्रमा दख्खल राख्ने उम्मेदवार थापाको बौद्धिकताबाट प्रभावित सिन्धुलीबासीहरु वास्तमै खोजे,रोजे जस्तो उम्मेदवार पाएकोमा निकै हर्षित छन् । जिल्लाले पहिलो पटक राजनीतिमा समर्पित,राजनीति प्रतिको दक्ष उम्मेदवार गुमाउन नचाहने जिल्लाबासी चलचित्र निर्देशक बिश्वदीप घिमिरे बताउनुहुन्छ ।
चौबीसै घण्टा जिल्लामा घुमिरहने,सानातिना कार्यमै समय गुजार्ने नेताले झिनामसिना कार्य बाहेक समग्र जिल्लाको बिकासका निमित्त राष्ट्रिय राजनीतिमा प्रभाब राख्ने ल्यागत राख्दैन, जसका कारण बिकास बजेट,परियोजना तर्जुमा,शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता जनताका यावत समस्या ज्यूका त्यू रहन्छ ।
जिल्लाको बिकासमा टेवा पुराउनका निमित्त राष्ट्रिय स्तरमा पहुच, क्षमता र दक्षता भएको नेता नै अबको विकल्प हो, त्यो नै मनोज जङ थापा मात्र भएको स्थानीय बताउंछन् । थापालाई आम सिन्धुलीबासिले आफ्नो आवाजको प्रतिनिधिको रुपमा लिएका छन् । जसकारण थापाको विकल्प नरहेको मतदाताको भनाई छ ।