• शिशिर दोङ

काभ्रे -घटस्थापना देखि नै हिन्दूहरुको ठूलो चाड दशैंले सबैलाई छोइसकेको छ । यो पर्व संगै नेपालीहरुको चाडपर्वको लहर नै सुरु भएको छ ।यस्तै चार्ड पर्वकै मौका छोपेर अधिकांस विद्यालय अलि लामो समय सम्म बिदा हुने भएकाले लेखाइ,पढाइमा भने असर पर्न सक्ने अभिभावकहरुको चिन्ता छ ।

धुलिखेल नगरपालिका वडा न ३ निवासी कमला तामाङ भन्नु हुन्छ “चाडबाडको बेला बालबालिकाहरु अध्ययनलाई बिर्सिएर रमाइलोमा भुलिएका हुन्छन् । खेल तथा मनोरञ्जनमा उनीहरुको विशेष ध्यान केन्द्रित हुन्छ । पढ्न लेख्न छोडेर खेल्नमा मात्रै बानी हुदा उनीहरुको बानी सुधार्न मुस्किल नै पर्छ । र विद्यालय जानै सम्म मन गदैन ।”

ठुलाहरुलाई भन्दा स साना बाबललिकाहरुलाई यस्तो पर्वले बढी खुसी र रौनक छाएको हुन्छ ।

भैरव मावि गोकुलेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रदिप लामा भन्नुहुन्छ “यो समयमा शिक्षकले भन्दा आभिभावक र विद्यार्थी स्वंमको महत्वपुर्ण भूमिका रहन्छ । आफनो बालबालिकाहरुलाई भावी दिनमा हुन सक्ने विभिन्न र्दुघटनाबाट टाढा राख्न अभिभावक सचेत रहनु पर्छ । त्यसका लागी बालबालिकाहरुलाई अभिभावकको साथमै राख्ने । एक्लै नछोड्ने । खाना खाजा समयमा दिने । शिक्षकले दिएको गृहकार्य गर्न उत्साहित बनाउने । अभिभावक संगै दैनिकीमा सघाउन लगाउने जस्ता कार्यले पनि विद्यार्थीहरुमा मनोवल वृद्धि हुन्छ ।”

विद्यर्थीलाई कस्तो बनाउने भन्ने जिम्मा शिक्षक र अभिभावकको हो ,त्यसैले शिक्षक र अभिभावक वीच सुमधुर सम्बन्ध रहन जरुरी हुन्छ ।

श्री राम मा वि नमोबुद्ध ३ चरुवा काभ्रेका प्र अ प्रेम वहादुर लामा भन्नुहून्छ “ विद्यालय वन्द हुनु अघि नै सम्बन्धित विद्यार्थीहरुको अभिभावक र विषयगत शिक्षक वीच छलफल अन्तरक्रिया हुन्छ । यसैको आधारमा विद्यालयमा शिक्षकले गृहकार्य दिएको हुन्छ । विद्यार्थीको साथमा शिक्षक नभएको कारण यसको निरन्तर मूल्यांकन गर्ने जिम्मा अभिभावकले गर्नु पर्ने हुन्छ यसका साथ साथै विद्यार्थीलाई विषय संग सम्बन्धीत सन्दर्भ सामाग्रीहरु उनीहरुलाई मनपर्ने खालका अन्य कितावहरु कसैलाई कथा मन पर्ला कसैलाई कविता मन पर्ला यस्ता खाले कितावहरु किनिदिने तथा चित्र कोर्न र रंग भर्न लगाउने पत्रपत्रिका खेलकुदका सामाग्रीहरु आदि उपलब्ध गराए उनिहरुमा सिक्ने वातावरण सिर्जित हुदै जाने हुन्छ ।”

कतिपय अभिभिावकहरुमा रिसाउने थर्काउने वा कुटपिट गर्ने बानी हुन्छ । त्यसैले यस्ता कुरामा आफ्नो मात्रै निर्णय लागु गर्दा पनि बालमनोविज्ञानलाई पनि ख्याल राख्नु पर्छ ।उनिहरुलाई वजारमा जाँदा कुनै सामान किन्दा,खेल खेल्दा होस् वा कुनै पनि काम गर्दा उनीहरुलाई बुझाएर सम्झाएर गर्नुपर्ने सुझाव बाल मनोविमर्श कर्ताहरुको छ ।

प्रतिक्रिया दिनुहोस !