काठमाडौं –सरकारले कार्तिक २ र ३ गते ( बुधबार र बिहिबार ) बालबालिकालाई भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाईरहेको छ । अर्धवार्षिक रुपमा हरेक वर्ष बैशाख र कार्तिकमा यो कार्यक्रम संचालन हुने गर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने भएको हो । यो उमेरसमुहको सबै बालबालिकालाई सहभागी गराउन विभिन्न स्थानमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका र स्वास्थ्यकर्मीहरु परिचालित छन् ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको उमेर समुहको बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !