
काठमाडौं–आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले सुझाव संकलनको तयारी थालेको छ ।
घोषणा पत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ शुरु गरिसकेको कांग्रेसले सुझाव संकलन अभियानका क्रममा शुक्रबार जनतामाझ सार्वजनिक अपिल नै गरेको छ ।
पार्टीको घोषणा पत्र तयारी समितिले सार्वजनिक रुपमा ‘जनभावना संकलन गर्ने क्रममा प्रविधि मार्फत सुझावका लागि’ भन्दै सार्वजनिक अपिल गरेको हो ।
घोषणापत्र तयारी समितिले सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने संकेत गरेको छ । समितिले ह्वाट्स एप, भाइभर,इमो मार्फत सुझाव पठाउन मोबाइल नम्बर ९७४१६७३४१८ सार्वजनिक गरेको छ ।
स्वदेश र विदेशमा रहनुहुने नेपाली काग्रेसका सदस्य,समर्थक,शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदिबहिनी दाजुभाइ जो सुझाव दिन चाहनुहुन्छ उहाँहरुले यस्तै प्रविधिको विभिन्न माध्ययमबाट सुझाव पठाउन सकिने कांग्रेसले जनाएको छ ।
हेर्नुहोस् अपिलः