
काभ्रे–तेमाल गाउँपालिका वडा नं. १ का स्थानीय किसानहरुलाई हिउँदे तरकारी विउ वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/०८० का लागि पालिकाको कृषि शाखाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडा नं. १ सस्र्यूंखर्कमा मुला,रायो,धनिया जस्ता तरकारीको विउ वितरण गरिने वडा अध्यक्ष इन्द्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।
वडा कार्यालयले विउ आवश्यक पर्ने वडा नं. १ का सबै किसानहरुलाई असोज ९ गतेदेखि कार्यालय समयमा सम्पर्क गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
कृषिका लागि तेमालको नमुना क्षेत्रको रुपमा चिनिएको साविक सस्र्यूंखर्क गाविस अन्तर्गत वडा नं. १ मा हिउँदका समयमा लाग्ने तरकारीको विउ वितरण गर्ने तयारी भएको हो ।
सम्पर्क व्यक्ति र नं. यस्तो छ :-
इन्द्र बहादुर अधिकारी (वडा अध्यक्ष) ९८४१९३५६४६
इन्द्र चिमौररिया (वडा सचिव) ९८४१७०३४८२
पमिता तामाङ(कृषि प्राविधिक) ९८६०११११६६
सूचना हेर्नुहोस् :-