
काठमाडौं–गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएका व्यक्तिलाई नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार हुन नपाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय संसदीय समितिको बुधबारको बैठकले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने निर्णय गरेको हो ।
बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि विभिन्न आधार र मापदण्डसमेत तय गरेको जनाएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिसहित :