तेमाल–यो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तेमाल गाउँपालिकाका अध्यक्षका उम्मेद्वार इन्द्र तामाङ,उपाध्यक्ष सम्तेन लामा लगायतको टोलीले आइतवारबाट चुनावी अभियान सुरु गरेको छ । वडाध्यक्षका उम्मेद्वार इन्द्र अधिकारी वडा सदस्यका उम्मेद्वारसहितलाई साथमा लिएर वडा नं. १ आधाबाटबाट अभियान सुरु गरिएको हो ।
अभियानका क्रममा घरदैलोमै पुगेका उम्मेद्वार एवं नेताहरुलाई स्थानीय जनताले शुभकामना दिएका छन् । जितको शुभकामनासाथ उम्मेद्वाहरुलाई फूलको गुच्छा,माला,खादा तथा सगुनद्धारा स्थानीयले न्यानो स्वागत गरेका हुन् ।
आफूहरु सदैव जनताको साथमा रहेको बताउँदै अध्यक्षका उम्मेद्वार इन्द्र तामाङले जनताको थप सेवा गर्ने अवसरका लागि सूर्य चिन्हमा मत दिएर जिताएमा गाउँको विकासले लय समात्ने उल्लेख गर्नुभयो ।
उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाले आफूले महिला र परिवर्तनका संवाहक युवाको भावना प्रतिनिधित्व गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउदै तेमालको समृद्धिमा नेतृत्व तहमा पुर्याउन जनताको साथ अपरिहार्य रहेको बताउनुभयो ।
वडा नं. १ का वडा अध्यक्षका उम्मेद्वार इन्द्र अधिकारीले समुन्नत वडा बनाउन आफूहरुको भूमिका रहने बताउनुभयो ।
स्थानीयले आफूहरुको भावना बोक्न सक्ने खुवी भएका,विकासप्रेमी,नेकपा एमालेका शसक्त उम्मेद्वारहरु यो पटक तेमाल गाउँपालिका र वडाको नेतृत्वका लागि आएको भन्दै साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।आशिर्वाद दिएका छन्।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं एमालेको गाउँपालिका कमिटि इञ्चार्ज जेनिश लामाल एमालेले तेमाल र तेमालेहरुको भाग्य र भविश्य निर्माण एमालेले मात्र गर्न सक्ने ठोक्कुवा गर्नुभयो ।
तेमालको समृद्धिका लागि कृषि,शिक्षा,स्वास्थ्य र पर्यटनलाई मुख्य रुपमा जोड दिने गरी प्रतिवद्धतापत्र तयारी गरी चुनावी मैदानमा होमिएको उहाँको भनाई छ ।
पहिलो दिन उम्मेद्वारहरुले आधाबाटका साथै सस्र्यूंखर्क,लामागाउँ लागयतका गाउँहरुमा पुगेर जनताको पीरमर्का बुझ्नुका साथै पाँच वर्षमा गर्ने आफ्नो प्रतिवद्धता बताएका छन् ।
अभियानमा उम्मेद्वारहरु एवं इञ्चार्ज लामा,प्रदेश कमिटि सदस्य नरध्वज तामाङ,जिल्ला सदस्य घनश्याम लामा,सत्यमान दोङ,गाउँ कमिटि सहसचिव सुरेन्द्र तामाङ,वडा नं. १ का वडा अध्यक्ष एवं एमाले वडा कमिटि इञ्चार्ज मान बहादुर श्रेष्ठ,पूर्व वडा अध्यक्ष एवं नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य कृष्णमान तामाङ लगायतका नेताहरुका साथै स्थानीय कार्यकर्ताहरु र जनसमुदायको स्वतस्फूर्त उत्साह जनक सभागिता रहेको थियो ।
फोटो : सौजन्य जेनिश लामा/भोज विकास रुम्बा