तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले ५० पूतिशत अनुदानमा कृषि यन्त्र पाउनेहरुको नाम छनौट गरी सार्वजनिक गरेको छ । मिनि टिलर,मकै छोडाउने मेसिन,स्प्रेयर,प्लाष्टिक पोखरी लगायतका सामाग्री पाउने सहकारी,फर्म,व्यक्तिहरुको नामावली सोमबार सार्वजनिक गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद ढकालद्धारा जारी सूचनामा ५० प्रतिशत लागत साझेदारी बराबर तोकिए बमोजिको रकम तेमाल गाउँपालिकाको नाममा सिटिजन्स बैंक तेमाल शाखामा जम्मा गर्न पनि भनिएको छ ।

५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरणका लागि पालिकाले गत पुष ९ गते सूचना जारी गर्दै निवेदन माग गरेको थियो ।

लाभग्राहीहरुको नमावली हेर्नुहोस्  :

 

प्रतिक्रिया दिनुहोस !