अनुभवी नेतृत्वको सुझवुझपूर्ण परिपक्क काम
पनौती–मुलुक अहिले स्थानीय तहको निर्वाचनमा होमिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि पहिलो पटक २०७४ मा भएको स्थानीय तहको चुनावबाट जितेर नेतृत्व लिएकाहरुको लेखाजाखा यहि बेला जनस्तरसम्म हुने हो ।
यसैक्रममा धेरै जनप्रतिनिधिहरुले पहिलो पटकको अभ्यास भएकोले सिक्दैमा धेरै समय गएको बताइरहेका छन् । काभ्रेको पनौती नगरपालिका नेतृत्वमा भने पाकापन देखिएको छ । पूर्व गाविस अध्यक्ष समेत रहिसक्नुभएका अनि स्थानीय विकास र सुशासनमा राम्रो ज्ञान राख्ने एमालेका शालीन नेता भिम न्यौपानेले यो ५ वर्षमा धेरै कामहरुको गरेको देखिन्छ ।
नेकपा एमालेबाट निर्वाचित भएका न्यौपानेले धेरै सोच विचार,विमर्शपछि योजना निर्माण र कार्यन्वयन गरेको पाइयो । सयौ योजना सुरुवात भए, वर्षौंदेखि अलपत्र परेका आयोजनाले गति लिए,पुननिमार्णले पुर्णता पायो । शिक्षा स्वास्थ्य, कृषि,सडक,पर्यटनको क्षेत्रमा उल्लेख्य कामहरु भए, प्राकृतिक सम्पदा,मठमन्दिर, पाटी पौवा,गुम्बा,एतिहासिक पोखरी,पुराना धारा, चोक लगायत सांस्कृतिक सम्पदाले संरक्षण पाए ।
अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव सञ्चालनमा आईसकेको पनौतीमा मदन भण्डारी औद्योगिक विश्व विद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
यो स्थानीय तहमा देखिएको मुख्य मुख्य उपलब्धीहरुलाई बुंदागत रुपमा प्रस्तुत गरिएको छ ।
– बालमैत्री नगर घोषणा ।
– मानव अधिकार तथा न्याय मैत्री नगर घोषणा ।
– पूर्ण साक्षर नगर घोषणा ।
– पूर्ण खोप सुनिश्चित नगर घोषण ।
– खुल्ला दिशा मुक्त क्षेत्र घोषणा ।
– कृषि पकेट क्षेत्र घोषणा ।
– चरा संरक्षण क्षेत्र घोषणा ।
– स्वास्थ्य बिमाा कार्यक्रम संचालन ।
– गम्भीर प्रकृतिको रोग लागेका नगरवासिलाई आर्थिक सहयोग ।
– कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्थाा ।
– नगर अस्पतालको अन्तिम चरणको निर्माण, जग्गा व्यवस्थापन ।
– रंगाशालाको जग्गा व्यवस्थापन ।
– पनौती बनेपा, पनौती कुशादेवि सडकमा पहलकदमी लिई विस्तार सहित कालोपत्रे ।
– खोपासी सडक विस्तार ।
– सुनथान नमोबुद्ध सडक विस्तार सहित कालोपत्रे गर्न पूर्वाधार तयारी ।
– बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरण ।
– २ वटा सहिद पार्कको निर्माण अन्त्य तर्फ ।
– प्याराग्लाईडिंग तालिम र सफल उडान ।
– आवधिक योजना तर्जुमा ।
– नगर सडक यातायात गुरुयोजना निर्माण ।
– बिभिन्न प्रकाशनहरु बैद्धिक सम्पती प्रचार र सामाग्रीहरुको सिर्जना ।
– थप प्रहरी चौकीको स्थापना ।
– २ वटा वडा कार्यालयको जग्गा ब्यवस्था ।
– २ वटा वडा कार्यालय भवन निर्माण ।
– फुलचोकी पद मार्ग लगायत साइकल ट्रयाक निर्माण ।
– रक क्लाईमिङको पूर्वाधार तयारी ।
– स्थानीय पाठ्यक्रम निर्माण
– थुप्रै ऐन कानूनहरुको तर्जुमा ।
– वडामा पूर्वाधार सहित अधिकार प्रत्यायोजन ।
– पर्यटन पार्कको पूर्वाधार तयारी ।
– बिभिन्न वडामा कालोपत्रे सडक निर्माणको प्रारम्भ ।
– पशुपंक्षिका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो ( भैसी प्रवद्र्धन, पशु वीमा, पाडा पाडी, जन्म दर्ता, भैँसी सत्केरी भत्ता )
– अपेक्षाकृत रुपमा १२ वर्षे मकर मेला सम्पन्न ।
– ३ वटा वर्थिङ्ग सेण्टर संचालन, थप जनशक्ति ब्यवस्था ।
– ३ वटा ल्याब संचालन, थप जनशक्ति ब्यवस्था ।
– मानसिक स्वास्थ्य सम्बन्धि २ वटा क्लिनिक संचालन ।
– SOS बालग्राम पनौती–५ मा प्राविधिक शिक्षा (कृषि) विषय अध्यायनका लागी भवन निर्माण ।
– भूकम्प पिडित लाभग्राहीहरुलाई राष्ट्रिय पूर्न निर्माण प्राधिकरणको सहयोगमा किस्ता निकासा ।
– यूनिसेफ मार्फत दलित वालवालिका लगायत अपांगता भएका नागरिकलाई प्रति परिवार १० हजार आर्थिक सहयोग ।
– भुटानबाट तोदेजातको अलैँचिको बिउ ल्याई बिरुवा बितरण ।
– भालेश्वर मा.वि. नमूना भवन निर्माण ।
– बिशेष सामाजिक सुरक्षा भत्ता वितरण ।
– आयूर्वेद सेवा केन्द्र (आरोग्य )संचानल ।
– शान्ति निकेतन मा.नि. (sos को सहयोगमा ) नयाँ भवन निर्माण ।
– इन्द्रेश्वर क्याम्पस, तेजगंगा क्याम्पस र कुशादेवि क्याम्पस भवन निर्माण ।
– स्वास्थ्य भवन निर्माण – ४
– खोपासी नगर अस्पताल भवन निर्माण (पूनः निर्माण, भारतीय सहयोग )
– दलिञ्चोक÷अन्तेटार शहरी स्वास्थ्य केन्द्र भवन निर्माण ६ र २ मा
– खोप केन्द्र भवन निर्माण – २
– COVID – 19 को समयमा वन्दावन्दी हुँदा Food Bank मार्फत राहत वितरण ।
– मोतीयाविन्दुको शल्यक्रीयामा रेयुकाई मासुनागा अस्पतालको सहकार्यमा आर्थिक सहयोग ।
– मठ, मन्दिर, विद्यालयको कृयाकलापको स्थायीत्वका लागी अक्षयकोषको ब्यवस्था ।
– पुराना नियमित हुन नसकेका घर नक्सा पास नियमित, सडक मापदन्ड अद्यावधिक ।
– पुरातत्व बिभाग संगको सहकार्यवाट कुशादेवि र कार्य विनायक मन्दिरको पूर्न निर्माण ।
– जात्रा पर्व पुजाको स्थायी संचालन ब्यवस्थापनका लागी संरचनागत ब्यवस्था, समिती गठन र बजेट ब्यवस्था ।
– जेष्ठ नागरिक चौतारी निर्माण ।
– खोपासी–बल्थली–कामीडाँडा सडक निर्माण ।
– ढडिन पक्की पुल निर्माण प्रारम्भ ।
– बुढापोखरी सडक पीन प्रारम्भ ।
– पंचेको बगैँचा पक्की पुल (५) निर्माण प्रारम्भ ।
- पनौती बनेपा सडक पिच गर्न समन्वय सहकार्य
- एक घर एक खानेपानी नगरभरी नै पा्ररम्भ