गठबन्धनले पनि गरायो उम्मेद्वारी दर्ता

तेमाल–निकै उत्साहका साथ नेकपा एमालेका तर्फबाट टिकट पाएका उम्मेद्वारहरुले सोमबार गाउँपालिका केन्द्र पोखरी नारायणस्थानमा उम्मेद्वारी दर्ता गराएका छन् । स्पष्ट वक्ता एवं जुझारु युवा नेता इन्द्र तामाङले अध्यक्ष पदका लागि र सम्तेन लामाले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

एमालेका पूर्व उपसचिव एवं हाल जिल्ला सचिवालय सदस्य रहेका नेता तामाङ यहाँका स्थानीय जनजीविकामा भिजेका नेता मानिन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकाको अध्यक्षमा भिड्न आएका नेता तामाङ जनताको भावना बुझ्ने नेताको रुपमा लिइन्छ ।

उपाध्यक्षका उम्मेदवार सम्तेन लामाले आफुलाई उर्जाशील महिला नेतृको रुपमा अघि बढाउनुभएको छ । निडर एवं स्पष्ट वक्ता लामालाई तेमालका जनताले रुचाउने अपेक्षा गरिएको छ ।

एमालेले तेमालका ९ वटै वडामा पनि सशक्त नेताहरुलाई उतारेको छ । क्षमता,भुगोल,समुदाय जस्ता पाटोलाई मध्यनजर राखी वडासदस्यहरुको उम्मेद्वार मिलाएको छ ।

सोमबार नै १ नं. वडाबाट इन्द्र अधिकारी,२ नं. वडाबाट विरनन्द तामाङ,३ नं. वडाबाट नेत्र ब. तामाङ,४ नं.वडाबाट पेम्बा तामाङ,५नं. वडाबाट लाक्पा छिरिङ लामा,६ नं.वडाबाट मनकाजी मोक्तान ,७ नं.वडाबाट इन्द्रमान तामाङ,८ नं. वडाबाट बलराम रायमाझी,९ नं. वडाबाट हस्त ब.दोङ तामाङले वडाध्यक्षको उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

 

उम्मेद्वारी दर्ताका लागि एमालेका उम्मेद्वारहरु कार्यकर्ताहरुका साथ बाजागाजा,र्याली नारासहित पोखरी नारायणस्थान भेला भएका थिए ।

तेमालको समृद्धि एमालेको दुरदृष्टि र योजनाबाट मात्रै सम्भव रहेको भन्दै एमाले पार्टीले आफूले अघि सारेको योजना साकार पार्न जनताको साथ रहने विश्वास लिएको जनाएको छ । नेकपा एमाले उच्च मनोवलका साथ चुनावी मैदानमा उत्रिएको तेमाल गाउँपालिका इञ्चार्ज जेनिश लामाले बताउनुभयो ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,समाजवादी लगायतका पार्टीहरुको गठबन्धनको तर्फबाट पनि सोमबार नै उम्मेद्वरी दर्ता गराएको छ । गठबन्धनमा काँग्रेसका तर्फबाट चन्द्र लामाले अध्यक्षमा र माओवादी केन्द्रका दलमान लामाले उपाध्यक्षको उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !