ललितपुर–नेकपा एमालेले शुक्रबार औपचारिक रुपमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै ६ संकल्पहरू प्रस्तुत गरेको छ । एमालेले जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने उल्लेख गरेको छ ।
आगामी सरकारको नेतृत्वमा पुग्दा आफूहरूले अपनाउने नीति तथा व्यवहारलाई घोषणापत्रमा समेट्नै विभिन्न संकल्पहरु सार्वजनिक गरेको हो ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयबाट एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको चुनावी घोषणापत्रसँगैको संकल्पमा एमालेले आफ्ना जनप्रतिनिधिहरू शासक नभएर जनताका सेवक हुने उल्लेख गरेको छ ।
एमालेका ६ संकल्प यस्ता छन् :
१.हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।
२.हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने छन् ।
३. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने छन् ।
४. हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।
५. हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन्र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
६. हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छन् ।