संघीय सांसद गंगा बहादुर दोङ(बमध्वज) र पूर्व राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज) को क्षेत्रमा धक्का !
काभ्रे-तेमाल गाउँपालिकाका अन्य पार्टीका ७३ बढि स्थानीय नेता कार्यकर्ता बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र वडा नं. ९ का अध्यक्ष हस्त बहादुर दोङको नेतृत्वमा सुरेश दोङ,मान दोङ, उत्तर सिं लामा, राजेन्द्र दोङ,गोर्खा लाल दोङ,अजय थोकर तथा नेपाली काँग्रेसका
निशान लामा र आकाश तामाङको नेतृत्वमा र राप्रपाबाट नरेन्द्र लामाको नेतृत्वमा एमाले प्रवेश गरेका हुन् ।
तेमालको समृद्धि र आफ्नो तथा जनताको भविष्य एमालेले मात्रै बनाउन सक्ने भन्दै एमालेमा आएकाहरुलाई स-सम्मान एमाले स्वागत गरिएको नेकपा एमाले तेमाल गाउँपालिका ईञ्चार्ज एवं जिल्ला सचिवालय सदस्य जेनिश लामाले जानकारी दिनुभयो ।
एमाले तेमाल गाउँपालिका कमिटीका अध्यक्ष इन्द्रमान तामाङका अनुसार तेमाल वडा नं ९ का ७३ जनाभन्दा बढि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई बिहीबार एमाले केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालकोटमा आयोजित प्रवेश कार्यक्रममा खादा र टिका लगाउनुभयो । यसबाट एमालेको आवश्यकता थप पुष्टि हुदै गएको नेताहरु बताउँछन् भने माओवादी संघीय सांसद गंगा बहादुर दोङ(बमध्वज) र पूर्व राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज) को क्षेत्रमा ठूलो धक्का मानिएको छ ।