यसअघि नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ।
यसअघि एमालेले जितेको काठमाडौं महानगरपालिकाको मेयरको टिकट पनि गठबन्धनका तर्फबाट कांग्रेसले नै पाएको छ। त्यस्तै, ७ वटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ।
यीमध्ये तीनवटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो। त्यसमा चारवटा थप गर्दै कांग्रेसले ७ वटा महानगरको टिकट आफ्नो भागमा पारेको हो।
धरान, धनगढी र कलैया उपमहानगरपालिकाको प्रमुख पदमा ०७४ मा कांग्रेसले जित निकालेको थियो। त्यसबाहेक इटहरी, बुटवल, तुलसीपुर र नेपालगञ्ज महानगरपालिकाको मेयरमा कांग्रेसले ‘नाफा’ निकालेको हो।
त्यस्तै, २/२ वटा उपमहानगरको प्रमुख र उपप्रमुख माओवादी केन्द्रले लिने भएको छ। भरतपुरको प्रमुख र ललितपुरका उपप्रमुख पाएको माओवादी केन्द्रले यसअघि पराजित भएको ललितपुरमा ‘नाफा’ निकालेको छ।
भरतपुरमा माओवादीले यसअघि नै जितेको थियो भने ललितपुरमा पराजित भएको थियो। ०७४ को निर्वाचनमा ललितपुरको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरसहित काठमाडौंको उपमेयरसमेत पाउने भएको छ। एउटा उपमहानगरपालिको प्रमुख र ३ वटा उपमहानगरको उपप्रमुख एकीकृत समाजवादीले पाउने भएको हो।
जसमा समाजवादीले हेटौंडा उपमहानगरपालिकाको प्रमुख पाएको छ। इटहरी, बुटवल र तुलसीपुरको उपमेयर एकीकृत समाजवादीले लिएको छ।
एकीकृत समाजवादी पहिलोपटक निर्वाचनमा भाग लिँदैछ। त्यसकारण यसअघिको उसको परिणामलाई आधार मानेर नाफा घाटाको हिसाब हुँदैन।
उता, जनता समाजवादीले १/१ महानगरको प्रमुख र उपप्रमुख पाएको छ। वीरगन्जको प्रमुख पाएको जसपाले ०७४ को निर्वाचनमा पनि त्यहाँ जित निकालेको थियो।
विराटनगरको उपप्रमुखमा पनि ०७४ को निर्वाचनमा जसपाले नै हात पारेका थियो।
जसपाले जनकपुर उपमहानगरपालिकाको प्रमुख पाएको छ भने कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पाएको छ।
साभार
https://www.nepalkhabar.com/politics/127436-2022-4-20-18-26-28