
तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ को वडा कार्यालय चुखाले आइतबार किसानलाई मकैको बीउ वितरण गरेको छ ।
तेमालमा तरकारी तथा अन्न बाली उत्पादनमा राम्रो मानिएको यो क्षेत्रका करीव ४ सय घरका किसानले प्रति घर १ किलोका दरले निशुल्क उन्नत जातको मकैको सिपि सिड्स बीउ पाएका हुन् ।
वडा कार्यालयले आफ्नै नीति र बजेट अनुसार किसानका लागि मकैको बीउ बाँडेको वडा अध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो ।यहाँका किसान जनताले उत्पादन गरेका बस्तुलाई बजारको पहुँचसम्म जोड्न सडक,पानी लगायतका क्षेत्रमा विशेष काम गर्दै आएको वडाले किसानको हित हुने खालको कार्यक्रम विगत देखि नै गर्दै आएको वडा सदस्य डिल्लीमान तामाङले बताउनुभयो ।
यो जातको मकैको बीउ बजारमा प्रतिकिलो करीव ६५० रुपैयाँ पर्छ । व्यवसायिक उत्पादनका साथै कृषि पेशामा हौसला दिन वडाको यस खालको कार्यक्रमले उत्प्रेरणा मिलेको किसानहरुले बताएका छन् ।