काठमाडौँ-रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण समाज, नेपाल नामक सामाजिक संस्थाको स्थापना गरिएको छ ।

हालै जिल्ला प्रशासन कार्यालय, काठमाडौँंमा दर्ता गरिएको संस्थाको अध्यक्षमा ठण्डबहादुर अधिकारी (सास) रहनुभएको छ ।

उपाध्यक्षमा मनोजकुमार भेटवाल, सचिवमा विश्वमणि घिमिरे (विश्वमणि) र कोषाध्यक्षमा सुधा कार्कीले जिम्मेवारी पाउनुभएको छ । यसै गरी वसन्त मुकारुङ, शुक्रराज राई, लक्ष्मी भट्टराई, विद्या महर्जन र एलिसा ढुङ्गाना नवगठित संस्थाको सदस्य रहनुभएको छ ।

संस्थाले संस्कृति बचाऊ राष्ट्रिय महाअभियानको समेत आरम्भ गरेको छ । यसका साथै संस्थाले मौलिक नेपाली संस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि गोष्ठी, कार्याशाला, संस्कृति संरक्षणसम्बन्धी पुस्तक, पत्रिका प्रकाशन, अभिलेखीकरण लगायतका कार्य सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !